×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

…तर सिंह र सिटौला गर्जिए, अरू गले

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिंगो कांग्रेसको संगठनलाई विधान विपरित कार्य गर्दै टुप्पीमा समाएर फनफनी घुमाइरहँदा ८१ सदस्यीय केन्द्रीय कार्य समिति बैठकमा पूर्वमहामन्त्रीद्वय प्रकशमान सिंह र कृष्णप्रसाद सिटौलाबाहेक कसैले पनि आलोचना गर्न सकेनन् । 
चार महिनाअघि सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन र करिव एघार महिनाअघि देखि भएको स्थानयि तहको निर्वाचनको मत परिणामको बिषयमा समिक्षा गर्न बसेको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले सभापति देउवालाई सबैलाई मिलाएर लैजान र गुटको अन्त्य गर्दै महासमिति बैठक बोलाउनबाहेक अरू खास सुझाव दिन सकेनन् । चुनावपछि हरेक गोष्टी, भेला, सेमिनार र चिया पसलमा नेतृत्वको चर्को आलोचना गर्दै आमसञ्चारमाध्यमा छाएका भनिएका कतिपय केन्द्रीय सदस्यहरूले ओलचना भन्दा सुझाव मात्र दिएका छन् । 
लौहपुरूष गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र शान्ति प्रक्रियाका नेता कृष्णप्रसाद सिटौलाले देउवाको विधान विपरितको कार्यले नै पार्टी निर्वाचनमा पराजित भएको तथ्य प्रस्तुत गरेका थिए । वैठकको शुरूमा नैं सिंह र सिटौलाले देउवाले विगत एक बर्षदेखि पार्टी हित विपरित र विधान कुल्चेर गरिएका निर्णयको फेहरिस्त प्रस्तुत गरेपछि सभापति देउवा नै रन्थनिएका थिए । दुई महामन्त्रीको बिषबमनबाट अवाक भएर छटपटिएका देउवाले खाजा खाने समयसम्म बैठक स्थगित भनेर शनिबारसम्म सारेका थिए । सिंह र सिटौलाको प्रहार खप्न नसकेका देउवा प्राईम वैंकका सञ्चालक उमेश श्रेष्ठको निवासमा खाजा खान पुगेका थिए । 
देउवाले आफूविरूद्ध धेरै बोले देखाई दिने भन्दै सबै केन्द्रीय सदस्यलाई बैठकअघि धम्क्याएका थिए । उनले यस्तो धम्की आफ्ना आसेपासे केन्द्रीय सदस्यमार्फत दिएका थिए । प्रत्यक्षमा चुनाव लडेकालाई खर्चपानी व्यक्तिगत रूपमा उपलब्ध गराएको भनेर वार्गेनिड गरेका थिए । उनले समानुपातिकबाट सांसद भएकालाई गुण लगाएको दाबी गरेका थिए भने कसैले आफूलाई असयोग गरे अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए । 
देउवाविरोधी खेमाको रूपमा पहिचान बनाएको रामचन्द्र पौडेल नेतृत्वको गुटमाथि फुटाउ र राज गरको नीति अपनाएका देउवाले दुई बर्षअघि पनि संस्थापन पक्षबाट सिटौलालाई तेश्रो धारको नेतृत्व गर्दै चुनावी मैदानमा आमन्त्रण गरेका थिए भने अर्जुननरसिह केसीलाई आफ्नो गुटमा भित्र्याएर महामन्त्रीमै उम्मेदवार बनाएका थिए । महामन्त्रीमा बीपी पुत्र शशांक कोइराला निर्वाचित भएपछि देउवाले उनी कोइरालालाई पौडेलको साथबाट अलग गर्न सफल भएका छन् । गतबर्ष भएका नेविसंघ, महिला सघ र नेपाल तरूण दलको महाधिवेशनमा पौडेलले गुटको नेतृत्व गर्ने भनेर आफू निकटकालाई मात्र अवसर दिए पछि पौडेल र कोइरालाबीच सम्वन्ध चिसिएको थियो । संघीय संसदको निर्वाचन परिणाम आइसकेपछि संसदीय दलको नेता चयनको क्रममा पौडेल गुटबाट सभापति शेरबहादुर देउवासंग प्रतिष्पर्धा गरेका प्रकाशनमा सिंहलाई कोइरालाले साथ नदिएपछि पौडेल गुट विभाजित भएका थिए । कोइरालाले सभापति देउवाले गरेका कुनैं पनि कमजोरीको आलोचना गरेका छैनने बरू सभापति देउवाकै बचाउ गरेका छन् । 
हाल जारी कांग्रेसको केन्द्रीय कार्य समिति बेठकमा समेत महामन्त्री कोइरालाले के बिषयमा छलफल हुने भन्ने लिखित एजेण्डासमेत प्रस्तुत गरेनन्। सभापति देउवाविरूद्ध पौडेल गुटका सिंहले १९ बुँदे लिखित आरोप लगाउँदा समेत पौडेल गुटका अन्य सदस्यहरू किन तैं चुप मैं चुप भए भनेर यतिवेला पौडेल गुटमा आशंका उब्जिएको छ । 
सिंह र सिटौला दुबैले पार्टीलाई कमजोर बनाउने कार्यको मुख्य दोषी नै सभापति देउवा भएको निष्कर्ष निकालेका छन् । दुवैले देउवालाई सत्ता प्राप्तीको लागि जस्तोसुकै सम्झौता गर्न पनि पछि नगरेको भन्दै देउवाका हरेक विधान विपरितको कार्यको नेता रामचन्द्र पौडेललले समर्थन गरेको आरोप लगाएक छन् । सिंह र सिटौला दुवैको गम्भिर आरोप थियो । २०७२ सालमा संविधान जारी गरेर ऐतिहासिक काम गरेका तत्कालिन सभापति शुशील कोइराला र कांग्रेसलाई कमजोर बनाउन देउवा प्रस्तावक र पौडेल समर्थक भएर प्रधानमन्त्रीमा उम्मेदवारी दिनु नैं गम्भिर त्रुटि भएको दुवै नेताको ठहर छ । ति दुवै नेताको निष्कर्षप्रति देउवा गुटकै भनिएकी नेतृ डा. डिला संग्रौलाले समेत समर्थन गरेकी छन् । 
त्यस्तै सिंह र सिटौला दुवैले भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवारलाई फिर्ता गरी प्रचण्डलाई खुसी बनाउने देउवाको क्रियाकलापले कांग्रेसप्रतिको बिकर्षण र अलोकप्रियता देशब्यापी छाएको भन्दै पार्टीलाई सोही घटनाले बद्नाम गरेको वताएका थिए । नाकाबन्दीको विरोध गर्न नसक्नु, लोकतान्त्रिक गठनबन्धनको नाममा अन्य दललाई समर्थन गर्नु तर ति दल राप्रपा, फोरम र राजपाले कांग्रेसका उम्मेदवारलाई किन समर्थन गर्न सकेनन् ? भनी प्रश्न तेस्र्याएका थिए । 
देउवाले विधान विपरित केन्द्रीय कार्य सम्पादन समिति र संसदीय वोर्ड गठन गरेको भनि धारणा राखेका सिंह र सिटौलाको भनाईलाई नरहरि आचार्यले समेत समर्थन गरेका थिए । सिटौलाले पार्टी भित्र सामन्ती संस्कारको अन्त्य नभएको भनेर आलोचना गरेपछि देउवा उनीसग निकै चिढिएका छन् । 
नवीन्द्रराज जोशीले पौडेल गुटका सशक्त नेता भए पनि उनले महासमिति बैठक बोलाउनु पर्ने र सभापतिको सम्बन्ध वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सुमधुर हुनुपर्ने मात्र बताएका थिए । सभापति देउवाको कार्यशैलीको आलोचना गरेमा उनी कमजोर भएर सिटौला बलियो बन्न सक्ने आशंकाले पौडेल पक्षीय केन्द्रीय सदस्यहरूले देउवाको चर्को आलोचना गरेका छैनन् । 
कांग्रेस बैठकमा बोल्ने पौडेल पक्षिय नेताहरू कल्याण गुरूड, दिलेन्द्रप्रसाद बढुले समेत देउवाको खुलेर बिरोध गरेनन् । जनप्रहार साप्ताहिकमा खबर छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: