×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिङ्गटी र सिलढुङ्गामा सिन्धु विकास बैंकको नयाँ शाखा विस्तार

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले दोलखा जिल्लाको सिङ्गटी बजारमा बैंकको शाखा तथा सिन्धुपाल्चोक जिल्लाको सिलढुङ्गामा सिमिति बैंकिङ्ग कार्यालय स्थापना गरेको छ । 
सिङ्गटी शाखा दोलखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्षसुन्दर कार्की र बिगु गाउँपालीकाका अध्यक्ष युधिष्ठीर खडकाले संयुक्त रुपमा समुद्घाटन गरेका थिए भने सिलढुङ्गामा सिमिति बैंकिङ्ग कार्यालय लिसंखुपाखर गाउँपालीकाका अध्यक्ष कमल प्रसाद नेपालले समुद्घाटन गरेका थिए । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले बैंकको हालसम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राखेका थिए । 
०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट र सिङ्गटी गरी कुल १२ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १४ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ । बैंकले निकट भविष्यमा नै सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमाहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्दैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: