यस कारण नेकपाद्वारा एनसेल टावरमाथि पुनः आक्रमण ! क्षतिको बिबरण सहित

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीले एनसेलको अर्को टावरमाथि अागजनी गरेका छन् । राज्यलाई सबै कर तिर्न अानाकानी गरेको भन्दै नेकपाले एनसेलमाथि चरणबद्ध हमला गरिरहेको छ ।

विहीबार साँझ बागलुङको काठेखोला गाउँपालिकाको घोडाबानेमा रहेको एनसेलको टावरमा नेकपाका कार्यकर्ताले अागजनी गरेका हुन् । आगजनीबाट उक्त टावर ध्वस्त भएको बताईएको छ ।

राज्यलाई बाँकी कर तिर्न दवाव दिन यसअघि नेकपाले फागुन १ गते देशभरका तीन दर्जन टावरमा अागजनी गरेको थियो । एक वर्ष पहिले पनि नेकपाले चेतावनी स्वरुप केही टावरहरुमा अागजनी गरेको थियो । त्यसपछि एनसेलले सम्पूर्ण बाँकी कर तिर्ने प्रतिवद्धता गरेको थियो । एक वर्षसम्म पनि बाँकी कर नतिरेपछि नेकपाले पुनः अागजनी सुरु गरेको छ ।

एकिकृत जनजागरण अभियान चलाएको नेकपाले जनयुद्ध दिवसको अवसरमा एनसेलका टावरहरुमा अागजनी गरेको थियो । तत्काल बाकी कर तिर्न एनसेललाई नेकपाले आग्रह पनि गरेको छ ।
प्रकाशित : Friday, March 30, 2018

recent

Popular Posts