×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालकै अग्रणी महिला चालकलाई यामाहाको स्कुटर

काठमाडौं – १०८औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपालकै अग्रणी, सम्भवतः पहिलो महिला स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेको छ । ३० को दशकमै स्कुटर चलाएर महिला स्वतन्त्रताको आन्दोलनमा टेवा पु¥याउनुका साथै साथै महिला उद्यमशिलताको विकासमा महत्वपूर्ण भूमिका खेलेकी श्रेष्ठलाई एमएडब्लुले यामाहा स्कुटर हस्तान्तरण गरेर सम्मान गरेको हो । 
राजधानीमा आयोजित कार्यक्रममा कमला श्रेष्ठले सुरुवाती दिनहरुमा स्कुटरचालकका रुपमा आफूले भोगेका अप्ठेरा र समस्याका बारेमा अनुभव बाँडेकी थिइन् । ‘थाइल्यान्ड बसाइको बेला त त्यस्तो समस्या आएन तर नेपाल फर्केपछि भने विभिन्नखाले समस्या आइलागे । छोरीबेटीलाई स्कुल नै नपठाउने समयमा केटाहरुका अगाडि स्कुटर चढेर हिंड्नु कम्ता चुनौतीपूर्ण थिएन,’ वरिष्ठ सौन्दर्य व्यवसायी तथा महिला उद्यमी श्रेष्ठ भनिन्, ‘समाजले राम्रो नजरले हेर्दैनथ्यो । जिस्क्याउनेदेखि हतोत्साहित गर्नेसम्मका मानिसहरु थिए । तर घरपरिवारको साथ पाएर लामो समयसम्म स्कुटर चलाएँ ।’ उनी हाल नेपाल उद्योग तथा वाणिज्य महासंघका कार्यकारी सदस्य, महिला उद्यमशिलता विकास कटिमीकी अध्यक्ष र सौन्दर्य व्यवसायी संघ, नेपालकी अध्यक्षसमेत छिन् । 
स्कुटर चलाउँदा आफूलाई स्वतन्त्रताको अनुभव गरेको पनि उनले बताइन् । ‘पहिले मोटरसाइकल नै थोरै हुन्थे । चालकहरु सबैजसो पुरुष हुन्थे । त्यो भीडमा म एक्लै महिला हुन्थेँ,’ उनले अगाडि थपिन्, ‘तर स्कुटरले गर्दा कामको सिलसिलामा यताउता जान सजिलो हुन्थ्यो । मेरो उद्यमशिलतालाई यहाँसम्म ल्याउन मेरो स्कुटरले अतुलनीय भूमिका निभाएको थियो ।’
कमला श्रेष्ठलाई एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले स्कुटरको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा पोखरेलले विगतमा स्कुटरलाई महिला सवारीका रुपमा लिइए पनि आजभोलि आधा स्कुटर चालक पुरुष भएको बताए । ‘स्कुटरले महिला मात्र होइन पुरुषको पनि स्वतन्त्रता, आत्मविश्वास र सशक्तिकरणमा भूमिका खेलेको छ,’ उनले भने । 
यामाहाले आफ्नो ‘एसस्कुटर’ अभियान अन्तर्गत बुधबार (७ मार्च)मा नेपालमै पहिलो पटक ‘स्कुटर डे’ मनाएको थियो । यसै अवसरमा यामाहाले आफ्ना सर्भिस सेन्टरहरुबाट सबै ब्रान्डका स्कुटरलाई निशुल्क ‘वास’ गरिदिएको थियो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: