×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यामाहाले नेपालमा सुरु गर्यो ‘स्कुटर डे’

काठमाडौं – यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रुपमा मनाएको हो । 
पहिलो ‘स्कुटर डे’को अवसरमा यामाहाले आफ्ना सबै सर्भिस सेन्टरबाट ‘फ्रि स्कुटर वाश’को अफर दिएको थियो जसमा विभिन्न ब्रान्डका स्कुटर चढ्ने राइडरले व्यापक सहभागिता जनाएका थिए । ‘पहिलो स्कुटर डेलाई स्मरणीय बनाउन हामीले स्कुटर राइडरहरुलाई निशुल्क स्कुटर वासको अफर दिएका थियौं । राइडहरुबाट हामीले निकै राम्रो प्रतिक्रिया पायौं,’ एमएडब्लुका सर्भिस हेड शरद मिश्रले भने, ‘नेपालभरका यामाहा सर्भिस सेन्टरबाट विस्तृत विवरण आइनसके पनि हजारौंको संख्यामा राइडरहरु आफ्नो स्कुटर धुलाउन आएको जानकारी पाएका छौं ।’ 
बुधबार यामाहाका सर्भिस सेन्टरहरुमा अन्य ब्रान्डका स्कुटरहरुको पनि भीड लागेको थियो । ‘हामीले फेसबुकबाट फ्रि वास अफरबारे सूचना पाएका थियौं । पहिला त हल्ला जस्तो मात्र लागेको थियो तर यामाहाले वास्तवमै फ्रिमा वास गरिरहेको रहेछ,’ यामाहाको त्रिपुरेश्वस्थित सर्भिस सेन्टरमा साथीहरुसँग स्कुटर वास गराउन आएका लक्ष्मण व्यञ्जनकारले भने, ‘मेरो लागि यो अनौठो अनुभव भयो ।’ 

ट्राफिकलाई दुई वटा स्कुटर
यसैबीच, ‘स्कुटर डे’कै अवसरमा एमएडब्लुले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा साइरनजडित यामाहा स्कुटर हस्तान्तरण गरेको छ । एमएडब्लुका प्रबन्ध निर्देशक विष्णु अग्रवालले ट्राफिक एसएसपी उमेश रञ्जितकारलाई स्कुटरको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा एसएसपी रञ्जितकारले यामाहाको प्रयासलाई धन्यवाद दिँदै अटोमाबाइल कम्पनीहरुले अन्य फिचरका साथसाथै सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने बताए । ‘अहिले दैनिक दर्जनौं दुर्घटनाहरु हुन्छन् । यसलाई रोकथाम गर्नमा अटोमोबाइल कम्पनीहरुको भूमिका हुन्छ,’ उनले भने, ‘तपाईंहरुले पनि चालकहरुलाई कसरी सुरक्षित यात्रा गर्ने भन्ने सिकाउन सक्नुहुन्छ ।’
एमएडब्लुका प्रबन्ध निर्देशक विष्णु अग्रवालले यामाहा सामाजिक उत्तरदायित्वप्रति सदा प्रतिबद्ध रहेको बताए । ‘हामीले विगत केही वर्षदेखि युवालाई लक्षित गरी यामाहा सेफ राइडिङ साइन्स (वाईएसआरएस) नामको सडक सुरक्षा सचेतना कार्यक्रम चलाइरहेका छौं । यामाहाबाट तालिमप्राप्त हाम्रा प्रशिक्षकहरुले काठमाडौं र बाहिरका कलेज तथा अन्य संघसंस्थामा गएर सुरक्षित यात्राबारे तालिम दिइरहेका छन्,’ उनले भने । वाईएसआरएसबाट हालसम्म पाँच हजारभन्दा बढी युवा लाभान्वित भइसकेको पनि उनले जानकारी दिए ।
यामाहाले बिहीबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालकै अग्रणी, सम्भवतः नेपालकै पहिलो स्कुटरचालक कमला श्रेष्ठलाई सम्मान गरेर यामाहा स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: