×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘बाफिया’ नमान्ने त्यो ‘माफिया’ को हो ? (व्यंग्यात्मक भिडियो कविता)

  • सुरज प्याकुरेल / व्यंग्यात्मक कविता 

अचम्मै ! उल्का !!  के भन्ने ओ हो !
त्यो बाफिया नमान्ने माफिया को हो ?

विदेशको पीआर बोक्छ रे, अनि नेपालमा ब्याजदर तोक्छ रे !
तरुनीको खुब शोख छ रे, प्रतिष्पर्धीलाई ठाडो रिस पोख्छ रे !
अचम्मै ! उल्का !!  के भन्ने ओ हो !
त्यो बाफिया नमान्ने माफिया को हो ?

कर छल्न खुब जाली गर्छ, बैंकर भएर जग्गाको दलाली गर्छ !
सक्नेलाई चाकडी नसक्नेलाई गाली गर्छ,  कुर्सीमा मोज त झन् तीन पाली गर्छ !
अचम्मै ! उल्का !!  के भन्ने ओ हो !
त्यो बाफिया नमान्ने माफिया को हो ?

न राष्ट्र बैंकलाई टेर्छ, न कानुनलाई टेर्छ, आज बोलेको कुरा भोलि पल्टै फेर्छ !
बुद्धी कम भएनि पैसाचाहिं धेरछ, पत्रकारलाई खाली घुरेर हेर्छ !!
अचम्मै ! उल्का !!  के भन्ने ओ हो !
त्यो बाफिया नमान्ने माफिया को हो ?

गर्यो कि हल्लो, फोन काट्छ झल्लो, विहान गुट ओल्लो बेलुकी पल्लो !
कुरा छ खल्लो, मान्छे छ डल्लो, आज भाले बन्दैछ हिजोको चल्लो !
अचम्मै ! उल्का !!  के भन्ने ओ हो !
त्यो बाफिया नमान्ने माफिया को हो ?

(त्यो माफिया को हो ? लेखकलाई पनि थाहा छैन ! तिर्मिर छ । थाहा पाए खबर गरिदिनुहोला कमेन्टमा)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: