×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के सीइओ बन्न पाउँछन् त आइक्यानले कारवाही गरेका सिटिजन्सका गणेश पोखरेल ? यस्तो छ बाफियामा व्यवस्था

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

के सीइओ बन्न पाउँछन् त आइक्यानले कारवाही गरेका सिटिजन्सका गणेश पोखरेल ? यस्तो छ बाफियामा व्यवस्था

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेशनलका डेपुटी सीइओ गणेश राज पोखरेल बैंकको अवको सीइओ बन्ने चर्चा सुरु भएसँगै उनी बैंकको सीइओ बन्न पाउँछन् वा पाउँदैनन् भन्ने बहस सुरु भएको छ । लेखा व्यवसायको नियामक निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कारवाही गरेको खुलासा भएपछी र बैंकका सीइओ राजन सिंह भण्डारीको कार्यकाल सकिने बेला भएकाले यस्तो बहस सुरु भएको हो । संस्थाका सदस्य रहेका पोखरेललाई लेखाव्यवसायको आचारण विरुद्ध काम गरेको भन्दै आइक्यानले उनलाई कारवाही गरेको थियो ।
पोखरेललाई कारवाही गरेको सम्बन्धमा नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले अर्थ सरोकार डटकमलाई दिएको आधिकारीक सुचना अनुसार संस्थाको मिती २०७४ साल असार १७ गते बसेको संस्थाको २०८ औं बैठकले उनलाई कारवाही गरेको हो । नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन तथा लेखा व्यवसायको आचारण, आचारसंहिता विपरित काम गरेको पाइएकाले नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन २०५३ को दफा १४ (५) (ग) बमोजिम ३ महिनासम्म लेखापरिक्षण गर्न नपाउने गरी उनलाई कारवाही गरिएको हो ।

यसरी सुरु भयो बहस :
बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) मा अदालतले सजाय सुनाएको तर सजाय भुक्तान नगरेका व्यक्ति बैंकको सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था छ । नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन अनुसार संस्थाको अनुसासन समितिलाई जिल्ला अदालत सरहको भूमिका निर्वाह गर्न छुट छ । सदस्यलाई गरेको कारवाही पनि अदालतले गरेको कारवाही सरह मानिन्छ । पोखरेललाई गरिएको कारवाही पनि सोहि प्रकृतिको कारवाही भएकाले र उनले कारवाही भुक्तान गरेको पत्र आइक्यानमा पठाईनसकेकाले उनी बाफियाको यहि ‘क्लज’का कारण सिटिजन्स बैंकको सीइओ बन्न पाउँदैनन् भन्ने बहस एकातर्फ छ भने उनको लाइसेन्स ३ महिनाका लागिमात्र ‘सस्पेन्ड’ भएकाले ३ महिनापछि उनी सो कारवाहीबाट मुक्त भएकाले उनलाई बाफियाको उक्त नियमले केहि पनि फरक नपार्ने बहस अर्कोतर्फका बैंकरहरुले गरेका छन् ।   
के भन्छन् पोखरेल ?
यता बैंकका डेपुटी सीइओ गणेश राज पोखरेलले भने आफुले उक्त संस्थाको सदस्यता त्यागिसकेको बताउँछन् ।’मैले उक्त संस्थाको सदस्यता त्यागिसकेको छु । मेरो नाम जोडेर भएको गलत कामको सजाय पनि मैले पाईसकेको छु । मैले मेरो गृह जिल्लामा रहेको पत्रिकामासमेत मेरो नाम जोडेर कुनै पनि लेखापरिक्षणका कामहरु नगर्न / नगराउन सुचना जारी गरिसकेको छु । मैले आइक्यानलाई समेत मेरो नाम सदस्यबाट हटाउन पत्र पठाईसकेको छु ।’ उनका अनुसार सीइओ को बन्ने भन्ने कुरा अझै पनि ‘फिक्स’ भएको छैन । ‘सीइओ भनेको सजिलै हुने कुरा पनि होइन । अनेकन मान्छेका अनेकन ‘इन्ट्रेष्ट छन् । सीइओ बन्न दिए भने हुने हो । दिएनन् भने त कसको के लाग्छ र ?’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भनेका छन् ।

के आइक्यानले जिल्ला अदालत सरहको मान्यता पाएको छ ?
छ । आइक्यानको अनुसासन समितिले गरेको कारवाही जिल्ला अदालतले गरेको कारवाही सरह हुन्छ । उक्त कारवाहीमा चित्त नबुझे पुनरावेदन गर्न समेत पाइन्छ । तर लेखा व्यवसायको नियमनकारी निकाय भएकाले ऐनले नै संस्थालाई लेखा व्यवसायको हकमा जिल्ला अदालत सरहको मान्यता राखी काम कारवाही गर्न छुट दिएको छ । पोखरेललाई पनि आइक्यानले कारवाही गरेको छु । उनी पुनरावेदन गएका छैनन् । उनले कारवाही भोगिसकेको जानकारी समेत आइक्यानलाई नगराएकाले उनलाई सीइओ बन्न बाफियाले रोक्छ भन्ने तर्क दिनेहरु पनि छन् । तर सीइओ बन्न नै रोकिने भएपछी उनले आइक्यानमा आफुले कारवाही भोगिसकेको जानकारी दिने तयारीमा रहेको समेत उनी निकटहरु बताउँछन् ।   

यो पनि पढ्नुहोस् :
सिटिजन्स बैंकका डेपुटी सीइओले ‘गैरकानुनी’ काम गरेको प्रमाणित ! भयो यस्तो कारवाही ! (प्रमाणसहित)             

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: