×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

वृद्धबृद्धाहरुका लागि दुखको खबर : ६५ बर्षमै बृद्ध भत्ता दिने देउवाको नीति खतिवडाले गरे खारेज !

काठमाडौँ- वृद्धवृद्धाहरुका लागि दुखको खबर छ । सरकारले शुक्रबार जारी गरेको श्वेतपत्रमा अघिल्लो सरकारले ७० वर्ष माथिका वृद्धावृद्धालाई दिंदै आएको मासिक दुई हजारको भत्ता ६५ वर्षदेखि सुरु गर्ने गरी गरेको निर्णय खारेज गरेको छ । 
६५ बर्षमै वृद्धभत्ता दिंदा देशको मासिक दुई हजार वृद्धा भत्ता दिंदा सरकारले वार्षिक १५ अर्ब २९ करोड ६२ लाख रुपैयाँ खर्च गर्नुपर्ने भएकाले सरकारले यो निर्णय खारेज गरेको हो ।
यो निर्णयसँगै ६५ बर्ष मै वृद्धभत्ता पाइन्छ भनेर कुरेर बसेकाहरु ‘हिस्स’ भएका छन् ।
स्मरण रहोस् खतिवडाले यसअघि सरकारले गरेको वृद्धभत्ताको निर्णय उल्टाउने खबर पहिलोपटक अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: