×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पाप धुरीबाट करायो : सीइओ विनितमणि तिमिल्सीनालाई सीआइबीले समातेपछी सिनर्जी फाइनान्स धरापमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिनर्जी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनितमणि तिमिल्सीनाको पाप धुरीबाट कराएको छ । यसअघि पनि बैंकिङ कसुरमा परेर पनि राजनीतिक पहुँचका आधारमा सिनर्जी फाइनान्सका सीइओ पदमा रहेका उनलाई तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंकको केसमा प्रहरीले पक्राउ गरेपछि उनको पाप धुरीबाट कराएको हो ।   सिनर्जी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत यसअघि पनि बैंकिङ कसुरको अभियोगमा जेल परेको भएपनि हाल फाइनान्सको सीइओ पदमा रहेका थिए । सिनर्जी फाइनान्समा पनि उनले मनपरी गरिरहेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो भने यस विषयमा अर्थ सरोकार डटकमले निरन्तर समाचार सम्प्रेषण गरेको थियो ।   
हाल सिनर्जी फाइनान्स कम्पनीमा सीइओ रहेका बिनितमणि उपाध्याय विगतमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी घोटाला प्रकरणमा जेल परेका व्यक्ति थिए । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार एक पटक बैंकिङ कसुरमा परिसकेका सीइओले हाल सिनर्जी फाइनान्सलाई समेत डुबाउन लागि परेका थिए ।  हाल सिनर्जी फाइनान्स लिमिटेडका सीइओ रहेका उपाध्याय तत्कालीन वल्र्ड मर्चेन्ट फाइनान्समा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दुबै पदमा रहेका उपाध्याय उक्त फाइनान्स घोटाला प्रकरणमा पक्राउ परेर जेलसमेत बसेका थिए । उनलाई करोडौं रुपैयाँ घोटाला गरेको अभियोगमा जेल हालिएको थियो। वल्र्ड मर्चेन्ट फाइनान्समा कार्यरत रहँदा उपाध्याय, ज्ञानेन्द्र श्रेष्ठ र सोही फाइनान्सका पूर्वप्रमुख कार्यकारी अधिकृत रञ्जित कोइरालासमेतले आठ करोड रुपैयाँभन्दा बढी घोटाला गरी बैकिङ कसुर गरेको अभियोग लागेको थियो ।
यस्तो गम्भीर प्रकृतिको अभियोग लागेका कोइरालाले घटना सार्वजनिक भएलगत्तै देश छाडेका थिए । तत्पपश्चात् केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वल्र्ड मर्चेन्ट प्रमुख कार्यकारी उपाध्याय र श्रेष्ठलाई बैंकिङ कसुरको अभियोगमा काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको थियो । केही समय सीआइबीको हिरासतमा बसेका उपाध्याय अदालतले मागेको धरौटी बुझाएर रिहा भएका थिए । उक्त घटनापश्चात् बैंकिङ क्षेत्रबाट पलायन भएका उपाध्याय केही समय दुबईमा गएर समेत बसेका थिए । नेपाल फर्केलगत्तै फाइनान्सको वित्तीय अवस्थामा सुधार ल्याउने प्रतिबद्धतासहित सिनर्जीको सञ्चालक समितिलाई प्रभावमा पारेर फाइनान्स प्रवेश गरेका उपाध्याय अहिले पनि सिनर्जीलाई धराशायी बनाउने गम्भीर खेलमा लागेको श्रोतको दाबी रहेको छ ।

श्रोतकाअनुसार उपाध्यायले फाइनान्समा प्रमुख कार्यकारीको रूपमा आउँदा कम सेवा सुविधा लिएर भए पनि आफूले जुनसुकै हालतमा पनि संस्थाको सिङ्गो वित्तीय अवस्थामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर जिम्मेवारी सम्हालेसँगै उनले फाइनान्सको चरम रूपमा श्रोत र साधनको दुरूपयोय गर्न थाले । फाइनान्सको नाममा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दा तथा खराब कर्जा उठाउने नाममा ब्याज छुट दिनेलगायतका विभिन्न नाममा लाखौँ रुपैयाँ कमिसन खाने गरेका छन् ।

अहिले उपाध्यायलाई प्रहरीले पक्राउ गरेपछि उनीसंगै सिनर्जी फाइनान्स पनि धरापमा परेको छ । सिनर्जी फाइनान्समा पनि उनले करोडौंको घोटाला गरिसकेको भन्दै अख्तियारमा उजुरीसमेत परेको छ । यहि विषयलाई लिएर अर्थ सरोकारले निरन्तर समाचार प्रकाशित गरेको थियो । तर नियमनकारी निकायले त्यसको वास्ता नगर्दा अहिले सिनर्जी धरापमा परेको छ ।

अर्थ सरोकारमा निरन्तर समाचार आएपछि अख्तियारले यस विषयमा चासो पनि देखाएको थियो । तर विनितमणि उपाध्यायले आफ्नो पूरै राजनीतिक पावर लगाएर यो विषयमा आफुलाई बचाएका थिए ।

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: