×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हत्या प्रकरण : सनराइज भन्छ, ‘पुरुषोतम हाम्रा कर्मचारी होइनन्, मृतकका मामा भन्छन्, ‘सनराइज बैंकमै काम गर्थ्यो’

  • मजोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ – सनराइज बैंक लिमिटेडमा काम गर्ने कर्मचारीको हत्या भएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि बैंकले उक्त कर्मचारी आफ्नो नभएको दावी गरेको छ  । हत्या भएका २३ बर्षीय पुरुषोतम सेडाईका मामाका अनुसार उनी सनराइज बैंकमा डाटा इन्ट्रीको काम गर्थे । उनकै मामाले दिएको जानकारीका आधारमा प्रहरीले पत्रकारसँग पनि यहि विवरण बताएको थियो । तर सनराइज बैंकले भने उक्त व्यक्ति आफ्नो कर्मचारी नभएको दावी गरेको छ ।   मृतक सेढाईका मामा श्याम हुमागाईका अनुसार उनी २ वर्षदेखी सनराइज बैंकमा ‘डाटा इन्ट्री’ को काम गरिरहेको जानकारी दिएका छन् ।  

बाझियो मृतकका मामा र सनराइज बैंकको मत !
‘दुइ बर्षदेखि पुरुषोतम सनराइज बैंकमै काम गर्थ्यो ।’ मृतकका मामाले भने, भैरवहा जाने भएपछि भान्जाले आफ्ना केही साथीलाई कोठामै बोलाएर खानपिन गराइरहेका थिए, छुट्टिने बेलामा नजिकै बस्ने मजदुरहरुसँग के भयो, उनीहरुले छुरा हानेर हत्या गरेछन् । तर सनराइज बैंकले भने उनी बैंकमा कार्यरत नभएको बताएको छ । बैंककी एचअार विभाग प्रमुख पार्वती विष्टले सेढाइँ सनराइज बैंकको कर्मचारी नभएको स्पष्ट पारिन् । यता कम्प्लाइन्स विभागबाट फोन गर्दै सनराइजका एक अर्का कर्मचारीले पनि सेडाई आफ्नो आफ्नो कर्मचारी नभएको बताएका छन् । ‘मामाले किन झुट बोल्छन् र ? दुइ बर्षदेखि आफ्ना भान्जा बैंकमै काम गर्थे भन्ने कुरापनि उनलाई कसैले ढाँटेको थियो होला त ? वा बैंकले उनको हत्या भएपछी झुट बोल्यो ?’ थुप्रै प्रश्नहरु बैंकका सामु तेर्सिएका छन् । 



घटनापछीका बैंकिमाथि नै शंका !
यता बैंकका अन्य केहि कर्मचारीले भने सेडाई आफ्नो बैंकमा काम गर्ने गरेको तर उनलाई नियुक्ति पत्र नदिएकाले अफ्ट्यारो पर्ने भन्दै बैंकले उनी आफ्नो कर्मचारीनै नभएको झुटो दावी गरेको आरोप लगाएका छन् ।अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै नाम नखुलाउने सर्तमा बैंकका एक कर्मचारीले भने, ‘उनी  हाम्रै बैंकका कर्मचारी थिए । उनको हत्या भएपछी क्षतिपूर्ति, उनको नियुक्तिपत्र लगायतका ‘इस्यू’ आउने भएपछी बैंकले कर्मचारी नै होइन भनिदियो । २ बर्षचाहिं होइन, केहि समयदेखि उनी बैंकमा कार्यरत थिए । ‘ उनका अनुसार घटनापछी बैंकले आन्तरिक रुपमा सेडाईका बारेमा केहि पनि नबोल्न सबैलाई आन्तरिक रुपमा मौखिक सर्कुलर गरिसकेको छ । बैंकभित्रकै केहि कर्मचारीले यस्तो गोप्य जानकारी बाहिर ल्याएपछी यो घटनालाई विभिन्न कोणबाट हेरिएको छ ।  सनराइज बैंकमा उनको संग्लाग्नताबारे प्रहरीले पछिल्लो समय केहि बोलेको छैन । यसअघिको प्रारम्भिक जानकारीमा मृतक सनराइज बैंककै कर्मचारी भएको प्रहरीको भनाइ थियो । तर सनराइज बैंकले भने मृतक आफ्ना कर्मचारी नभएको जानकारी मिडियालाई गराएको छ ।  
हत्याको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा रोहित चौधरी, अशोक लिम्बु र गोपाल लिम्बु छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्याको कारण आपसी टकराव भएको  हुन सक्ने अनुमान गरिएको छ । हत्या भएका सेडाई बिगत केहि समय यता सनराइज बैकमा कार्यरत थिए भने व्यवस्थापन शिक्षा पढीरहेका थिए ।  
यो पनि पढ्नुहोस् 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: