अपडेट : प्लेन दुर्घटनामा परी ५० को मृत्यु, एयरपोट बन्द गरियो, गृहमन्त्री घटनास्थलमा ! (LIVE रिपोर्ट)



काठमाडौं–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटनामा परेको छ । प्राप्त जानकारी अनुसार रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको छ ।

प्रहरीले दिएको जानकारी दिए अनुसार विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका १४ जनाको उद्दार गरिएको छ । यूएस बंगला जहाज दुर्घटनामा १३ जनाको उद्धार भएको छ भने ५० जनाको शब निकालिएको छ । उनीहरुलाई अस्पताल पठाइएको छ । उद्दार जारी छ । तर, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ । 


प्रकाशित : Monday, March 12, 2018
,

recent

Popular Posts