×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकिङ बहस : कार्यकाल पूरा नहुँदै जागिर किन छोड्दैछन् सीइओहरु ? सञ्चालकको प्रेसर कि असक्षमताको उपज ?

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
काठमाडौँ – व्यवस्थापनसँगको बेमेलमात्र होइन, बैंकभित्र आफ्नै अस्तित्व धरापमा परेपछि सेन्चुरी बैंकका तत्कालीन सीइओ अनुजमणि तिमिल्सीनाले बैंक छोडे । उनले बैंक छोडेपछि बैंक छाड्नुका थुप्रै कारक चीजहरुको चर्चा भयो । उनले सञ्चालक समितिले दिएको टार्गेट त पूरा गर्न सकेका थिएनन् नै, व्यवस्थापनलाई समेत राम्रोसँग अगाडी बढाउन सकेका थिएनन् ।  सेन्चुरीको सीइओ छोडेर उनी कुमारी बैंकमा डेपुटी सीइओ हुन गए । कतिले सञ्चालकसँग उनको त्यति राम्रो थिएन भनेर चर्चा गरे त कतिले उनी सीइओ बन्न सक्षम नै थिएनन्, काम गर्न नसकेपछि सेफ ल्याण्ड गर्न बैंक छोडे  भने । समय ढल्कीदै जाँदा उनको सीइओ बन्ने बेला नै भएको रहेनछ भन्ने भान धेरैलाई भयो । अहिले कुमारी बैंकमा पनि उनी विवादमा तानिन थालिसकेका छन् ।
केहि समयपछी ग्लोबल आइएमइ बैंकका सीइओले जागिर छोडे । सञ्चालकसँग उनको पछिल्लो समय त्यति राम्रो नभएको चर्चा बजारमा आएकै हो । अझ त्यसमाथि पनि उनलाई बैंकबाट निकाल्न बैंकभित्रकै उपल्लो तहका व्यक्ति लागेको चर्चा बाहिर आएको थियो । ‘बाघपनि कराउनु र बाख्रा पनि हराउनु’ भन्ने शैलीमा उनको र सञ्चालकको सम्बन्धमा आएको चिसोपनाका बारेमा चर्चा चलिरहँदा उनले बैंकबाट राजीनामा दिए । त्यसपछि एउटा वाणिज्य बैंकमा जागिरको कुरा चलिरहँदा कुलीङ पिरियडको नीति आयो । उनी अहिले खाली छन् ।
सञ्चालकलाई सन्तुष्ट पार्न नसक्दा नबिल बैंकका तत्कालीन सीइओ शशीन जोशीसँग पनि बैंक छोड्नुको विकल्प भएन । सोहि विकल्पलाई रोज्दै उनले बैंकबाट राजीनामा दिए । उनलाई सञ्चालक समितिको अत्याधिक प्रेसर थियो भन्ने चर्चा बाहिर आयो । उनले बैंकबाट राजीनामा दिंदैछन् भन्ने चर्चा अलि अघि नै बाहिर आइसकेको थियो । उनले उक्त चर्चा हल्लामात्र भएको बताउंदै विभिन्न मिडियाकर्मीलाई आफुले बैंक नछाड्ने बताउंदै आएका थिए । तर एक्कासी उनको राजीनामा आयो । कारण सञ्चालकको प्रेसर नै बनेको प्रमाणित प्राय भयो ।
केहि समयपछी अर्को खबर आयो । माछापुछ्रे बैंकका सीइओ निरज श्रेष्ठले पनि बैंक छोडे । उनले बैंक छोड्दा शशीन जोशीलाई सुचना चुहाएका कारण सञ्चालक समितिले निकालिदिएको समेत चर्चा भयो । यसो त उनले बैंकमा आएर खास काम गर्न नसकेको सत्य थियो । सञ्चालकको प्रेसर धन्न नसकेको पनि सत्य नै थियो । उनी कार्यकाल पूरा नहुँदै बैंक छाड्दैछन् भन्ने चर्चा साँचो सावित भयो र उनले बैंक छोडे ।
नेपाली बैंकिङ क्षेत्रमा फेरि अर्को खबरले बजार ततायो । एनआइसी एसिया बैंकका सीइओ लक्ष्मण रिसालले बैंक छोडे । उनले त महिनौं अघि पनि खल्तीमा राजीनामा बोकेर हिंडेको चर्चा बाहिर आएको थियो । एनआइसी एसिया बैंक गएपछी हरेक हिसावले बैंकलाई अगाडी बढाउंदै गरेका उनले पनि सञ्चालकको प्रेसर धान्न सकेनन् भन्ने चर्चा अहिले नेपाली बैंकिङ क्षेत्रमा छ । उनले बैंक छाड्नुको भित्री कारण बाहिर आइसकेको छैन !
सञ्चालकको प्रेसर कि असक्षमताको उपज ?
नेपालमा बैंक सञ्चालक समितिको ठाडो निर्देशनमा उनीहरुले जसो-जसो भन्यो त्यसै-त्यसै हुने गरी चलिरहेको तथ्य कसैअगाडी पनि लुकेको छैन । यो बीचमा धेरै सीइओहरु ‘सेरोमोनियल’ सीइओ भएको तथ्य पनि कसै अगाडी लुकेको छैन । तर सञ्चालकको प्रेसरकै कारणले सीइओहरु आफ्नो कार्यकाल नसकिंदै छोडीरहेका छन् त ? एउटा गम्भीर बिषयको बहस नेपाली बैंकिङ क्षेत्रमा आवश्यक परिरहेको छ । यसो त कतिपय सीइओले बैंकमा काम गर्न नसकेपछि निहुँ बनाएर बैंक छोड्ने गरेको पनि पाइएको छ । किन यस्तो भइरहेको छ ? कहाँ छ खाडल ? कहाँ नेर आयो समस्या ? के सीइओहरु निराश छन् ? के सीइओहरुको ‘नीद हराम’ भएकै हो ? कि बजारमा अस्वस्थ प्रतिष्पर्धाले हद नाघेको छ ? थुप्रै प्रश्नहरु अनुत्तरित छन् ।
सोचनीय विषय र बहसको खाँचो !
सीइओहरुले भकाभक बैंक छोड्दा, ‘ए त्यसले छोडेछ अव त्यो सीइओ हुन्छ’ भन्ने मात्र होइन यसको कारक तत्व खोज्न आवश्यक छ । कार्यकाल पूरा नहुँदै सीइओले बैंक छाड्नु राम्रो संकेत हुँदै होइन । ६ महिना कुलिङ पिरियड छ भनेरमात्र हुँदैन, बैंक छोडेर ६ महिना होल्ड भइ अर्को बैंकमा ब्यापार वा स्टाफ लैजाने फरक काइदा पनि हुन सक्छ सीइओको जागिर छोडाइ ! वा अर्कोतिर हेर्ने हो भने कतै सीइओहरु असक्षम त भएका होइनन् ? के सीइओहरुले व्यवस्थापनले दिएको टार्गेट पूरा गर्न नसकेका त होइनन् ? वा व्यवस्थापनले अनावश्यक टार्गेट दिएर सीइओहरुलाई जवर्जस्ती काममा लदाइ रहेको छ ? एउटा गम्भीर विषयको बहस आवस्यक छ !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: