×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल बैंकको सेयर लिलामी भर्ने आज अन्तिम म्याद, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिभिल बैंकको ४२ लाख ३८ हजार ९५८.७५ कित्ता सेयर लिलामी भर्न बिहिबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयभित्रमा यो लिलामीमा आवेदन भरिसक्नुपर्ने छ । बैंकले फागुन २३ गतेबाट संस्थापक समूहको ३२ लाख ४४ हजार ६००.२५ कित्ता र सर्वसाधारण समूहको ९ लाख ९४ हजार ३५८.७५ कित्ता सेयर लिलामी खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकेर लिलामी भर्नुपर्नेछ । 
बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाडौं तथा लक्ष्मी बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट यसमा आवेदन दिन सकिनेछ । हाल सिभिल बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: