×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक र E9Pay बीच रेमिट्यान्स सम्झौता

दक्षिण कोरियामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लि.(पृथ्वी रेमिट) र दक्षिण कोरियास्थित E9Pay बीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको छ ।
यस सम्झौतापछि दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी E9Pay का मोबाइल एपमार्फत नेपालमा रकम पठाउन सक्नेछन् । E9Pay को मोबाइल एप गुगल प्ले स्टोरबाट डाउनलोटड गरि आफ्नो मोबाइलमा इन्सटल गर्न सकिन्छ । साथै E9Pay को दक्षिण कोरियामा रहेको शाखाहरुबाट समेत नेपालमा रकम पठाउन सकिन्छ । 
E9Payमार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित नेपाल इन्भेष्टमेन्ट बैंक लि.को खातामा तुरुन्तै जम्मा हुनेछ, साथै अन्य वाणिज्य तथा विकास बैंकको खातामा पनि रकम जम्मा गर्न सकिन्छ । 
E9Pay मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ । 
देशका विभिन्न ठाउँमा रहेका ६६ वटा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) शाखा र ९८ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.र दक्षिण कोरियास्थित E9Pay बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ ।
यसअघि नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले भारतको एक्सिस बैंक र अमेरिकाको Paypal (XOOM) संग पनि विप्रेषण सम्झौता गरि कारोवार सुरु गरिसकेको छ । साथै नेपाल इन्भेष्टमेण्ट बैंकले पृथ्वी रेमिटमार्फत रकम भुक्तानी गर्न साउदी अरेबियामा Bank Albilad (Enjaz), यू.ए.इ मा UAE Exchange, Wallstreet Exchange र Al Ahaliya Exchange, कतारमा City Exchange र Gulf Exchange का साथमा यूरोप तथा अन्य मुलुकबाट सेवा दिन Transfast Remittance सँग सहकार्य गर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: