×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गणेश लामा गोली काण्ड: केही भ्रम अनि यथार्थ

गत साता गौशलास्थित पशुपति भिजन अगाडी कांग्रेस नेता गणेश लामालाई लक्षित गरी गोली प्रहार भयो । 
लामाको दरीलो मुटुको कारण गोलीले उनको छाती छुन भ्याएन । गोली ठोक्न तेस्र्याएको हातसहितको पेस्तोल लामाले बङ्याएपछि गोली अन्तै पड्कियो । 
गोली पड्किएपछि भुईँमा खसेको पेस्तोल नियन्त्रणमा लिँदा लामा अहिले प्रहरीको हिरासतमा हात हतियार तथा खरखजना मुद्दा झेल्न बाध्य छन् । पशुपती भिजनमा रहेको ईन्द्रेणी फिटनेस क्लवमा लामा नियमित शारीरिक व्यायमको लागि पुग्ने गर्थे । उनको आउने र जाने समय प्रायः एकै हुन्थ्यो । त्यस दिन पनि क्लवको नियमित कार्य सकाएर फर्किने क्रममा उनलाई लक्षित गरी गोली प्रहार गर्न खोजिएको थियो ।
दिन बलियो भए काल पनि तर्सिन्छ भनेजस्तै भयो त्यस दिन लामाको लागि । जब कालसँग लडेर खोसीएको पेस्तोल लामाको हातबाट बरामत भएको मुचुल्का बनाएर प्रहरीले मुद्दाको अनुसन्धान अगाडी बढायो । 
प्रहरीले ईन्काउन्टर गर्न खोज्यो ?
लामाको परिवारका सदस्य देखि जिल्ला नेता र प्रहरीका केही हाकिमले समेत लामा प्रहरीको ईन्काउन्टरबाट जोगिएको कानेखुसी गर्न थाले । परिवारले त ईन्काउन्टर नै गर्न लागेको दाबी गर्दै पत्रकार सम्मेलन नै गरेको थियो । काठमाडौँ परिसरका एसएसपी विश्वराज पोखरेलको अहित चाहेने प्रहरी अधिकृतले मौका यहि हो भन्दै आफू निकट पत्रकारलाई समचार समेत लेखाउन भ्याए । लामा ईन्काउन्टरबाट प्रहरी चुक्यो भन्दै अनलाईन सञ्चार माध्यमबाट समाचार बाहियो । 
केही नाम चलेका अनलाईनमा गुण्डा नाईके गणेश लामा पेस्तोलसहति पक्राउ भनेर समाचार प्रकाशित भए । प्राय पत्रकार र प्रहरीकै मनमा आजको दिनसम्म पनि प्रहरीले नै लामाको ईन्काउन्टर गर्न खोजेको तर असफल भएको कुरा मनमा गुन्जिरहेको छ । तर यो प्रहरीको ईन्काउन्टर हुन सक्दैन । नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभामा चुनाव लडेर पराजित भएका व्यक्तिको फेक ईन्काउन्टर गर्न अहिलेको प्रहरीलाई सोचेको जस्तो सहज छैन । 
गणेश लामा इन्काउन्टर गर्न प्रधानमन्त्रीको ग्रिनसिंग्नल नभई प्रहरीले आँट गर्ने सम्भव नै छैन । मन नपराएको प्रहरीको आईजी भएको बेलामा कसैको पनि ईन्काउन्टर गर्न उनले ग्रिन सिंग्नल दिने कुरै आउँदैन । एक महिनामा घर जान लाघेका आईजी र मेट्रोको एआईजीले पनि यो असम्भव भएको ईन्काउन्टरलाई सहयोग गर्ने सम्भव थिएन । 
प्रधामन्त्रीलाई सुरक्षा ब्रिफिङसम्म गर्न नपाएका नेपाल प्रहरीका आईजीले आफू मातहत प्रहरीलाई कसरी ईन्काउन्टरको आदेश दिन सक्छन् रु गणेश लामा माथि प्रहरीले इन्काउन्टर गर्न खोजेको भन्नु दिवा सपना मात्र हो । 

प्रहरीको हिरोइज्म

वास्तबिक घटनाबारे जानकार रहँदा रहँदै पनि प्रहरीका हाकिमलाई हिरोइज्म ेखाउने सौख भएको कारण सञ्चार माध्यममा एक थरी समाचार सार्वजनिक भयो । गुण्डा नाईके गणेश लामा हतियार सहित पक्राउ । घटना स्थलमा लामालाई लक्षित गरी गोली प्रहार भएको घटना भने प्रहरीबाटै गुपचुप राख्न प्रयास भयो । एकोहोरो हतियार सहित पक्राउ परेको र थप अनुसन्धान भईरहेको जानकारी प्रहरीले सञ्चार माध्यममा दिदै आए । जसको कारण प्रहरीले नै ईन्काउन्टर गर्न खोजेको भान उनका परिवारलाई भयो । तत्काल घटनास्थल पुगेका प्रहरीले त्यहाँका प्रत्यक्षदर्शीसँग सोधपुक्ष गरेका थिए । पशुपति भिजनमा रहेका सुरक्षाकर्मी देखि गाडी पार्किङ गरेर आफ्ना बोसलाई कुरीरहेका गाडीका ड्राईभरले समेत घटना नजिकबाट देखेका थिए । 
उनीहरूको मैखिक बयान तत्काल प्रहरीले लिएका थियो । तर त्यो कुरा लुकाउन खोजियो । शान्ति सुरक्षा कायम गर्दै आपराधिक गतीविधिका सबै सूचना लिन भन्दै राजधानीमा दुई सय सुराकी परिचालन गर्ने एसएसपी विश्वराज पोखरेललाई डर पनि लाग्यो होला कँही यही गोली काण्डले मेरो सरूवा हुने त होइन । नामका अगाडी डनका ट्याग लागेका गणेश लामालाई हतियार सहित पक्राउ गर्दा उनि हिरो त हुने नै भए । 
मिडीयाको मनपरी
पाठकलाई निष्पक्ष समाचार दिने विश्वासका साथ खोलिएका सञ्चार माध्यममा आफूखुसी समाचार प्रकाशित भए । मै हुँ भन्ने पत्रकार र तिनका सञ्चार माध्यमले पनि प्रहरीलाई कोट गरेकै भरमा लामा हतियार सहित पक्राउ परेको समाचारलाई बिषेश प्रथामिकताका साथ प्रकाशित गरे । 
साना देखि ठूला मिडीया हाउस कसैले पनि घटनास्थल गएर सत्यतत्थ बुझ्ने कोशिस गरेनन् । आज भन्दा दश बर्ष अगाडीको गणेश लामाको पुष्ठभूमीलाई जोडेर समाचार प्रकाशित गरियो । आजसम्म राज्यले लगाएको सबै अभियोगबाट सफाई पाएका लामा माथि एक फैजदारी अभियोग पनि पुष्टी हुन सकेको भने छैन ।
सम्पत्ती शुद्धीकरण सम्बन्धी एक मुद्दा भने बिशेष अदालतमा उनको विचाराधिन छ । राज्यले लगाएको हरेक अभियोगबाट सफाई पाइसकेको व्यक्तिलाई अपराधी भन्नु नेपालको काुननमा अर्को अपराध हो । गणेश लामा त एक पात्र मात्र हुन्, समाचारलाई चर्को भाउमा बिक्री गर्न कसैको चरित्रको धज्जी उडाउनु पनि अपराध हो भन्ने कुरा सञ्चारमाध्यमसँग जोडिएका जो कोहिले रामै हेक्का राख्नु पर्ने हुन्छ । 

आक्रमण गुण्डाबाट 

गुण्डाको एक समुहले बिगत डेढ बर्षदेखि गणेश लामाको सफाया गर्न खोजेको थियो । एक महिना अगाडी प्रहरी ईन्काउन्टरमा मारिएका मनोज पुन र हाल कारागारमा रहेका समिरमान बस्नेतको समुहले लामालाई सफाया गर्न खोजेका थिए । तत्कालिन समयमा काभ्रेका दावा लामा गुज्जेश्वरीमा गोली प्रहार गरेका पुन र बस्नेत समुहले लामालाई समेत धम्की दिएका थिए ।
दावालाई गोली प्रहार गरेकै दिन नचिनेको नम्बरबाट लोप्साङ बोलको भन्दै तेरो पनि पालो आउँदैछ भनेर धम्क्याएका थिए । लामामाथि गोली प्रहार गर्ने यो समुहको योजना डेढ बर्ष अघिदेखि कै हो । तर स्थानीय चुनाव र प्रतिनिधी तथा प्रदेश सभाको चुनावको कारण लामा प्राय काभे्रतिर व्यस्त हुन पुगे । 
जसको कारण यो समुहको योजना सफल हुन सकेन । उता गौचन हत्या पश्चात प्रहरी आक्रमण शैलीमा यो समुहको खोजिमा लागेपछि लामाको सफायाको योजना तुहिएको थियो । बस्नेत पक्राउ र पुन ईन्काउन्टरमा मारिनु तथा एक दर्जन सहयोगी पक्राउ परेपछि प्रहरीले पनि अन्यको खोजिमा खासै चासो देखाएको छैन । 
यहि मौका मारेर बिगत एक महिनादेखि नियमित क्लवमा आउ जाउ गर्दै आएका लामा माथि गोली प्रहारी गरी हत्याको प्रयास भएको हो । बस्नेतका खास सहयोगी लोप्पसाङ, रोशन बुढाथोकी, अंमर राना मगरलाई प्रहरीले पक्राउ गर्न खासै चासो नदेखाएको हो वा पक्राउ गर्न नसकेको हो रु जसले यस्तो प्रकरण निरन्तर आइरहेको छ । 
लोप्साङ बस्नेतको खास सहयोगी हुन् । बुढाथोकी समिरको दाईको साला हुन् । रानामगर सेनाका भगौंडा हुन् । जो समिरको लागि काम गर्दै आएका सुटर मानिन्छन् । जुन कुरा प्रहरीको अनुसन्धानले देखाएको छ । उनीहरूकै योजनामा लामाको ज्यान मार्ने प्रयास भएको अनुमान सहजै गर्न सकिन्छ । लामाको हत्या पश्चात उनिहरू प्रहरी समक्ष आत्मसमर्पण गर्ने योजनामा थिए । 

गोली काण्ड पश्चात ठेकदारलाई फोन 

गणेश लामालाई गोली प्रहार गरेको आधा घण्टा नबित्दै एक दर्जन ठेकदारलाई नचिनेको नम्बरबाट फोन गयो । फोन आउने क्रम आजसम्म जारी भएको ‘क’ बर्गका एक ठेकदारले बताएका छन् । नचिनेको नम्बरबाट आएको फोन भने प्रायः कसैले पनि उठाएका छैनन् । तर एक ठेकदारले भने उठाएका थिए । फोनमा आफूलाई लोप्साङको भाई बताउँदै ठेकदारलाई मुख छाडेर पैसा मागेका थिए । यस अघि पनि गौचन हत्या पश्चात सयौं व्यापारी र ठेकदारलाई फोन आएको थियो । – जनप्रहार साप्ताहिकबाट  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: