‘बोक्सीकाण्ड’ मा मुछिएका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार, चौधरी शक्त घाइते (फोटोसहित)



‘बोक्सीकाण्ड’ मा मुछिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको छ । गोली प्रहार कसले गर्यो भन्ने खुलेको छैन ।उनको अवस्था गम्भीर भएको बुझिएको छ । 

प्रहरीले यसबारे कुनै जानकारी दिएको छैन । यद्यपी चौधरीको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । तर स्थानीयले भने उनीमाथि गोलीप्रहार भएको बताएका छन् । घटना केहि समय अघि मात्र भएको बुझिएको छ । 

स्थानीयले दिएको जानकारी अनुसार एक समूहले उनीमाथि गोली र खुकुरीसमेत बर्षाएको थियो । सोही नगरपालिका निवासी रोमा चौधरीलाई बोक्सीको अारोपमा ६ घण्टासम्म यातना दिँदा समेत रमिते बनेको अारोप लागेको थियो । सोमबार ८ः३० तिर मेयर चौधरीमाथि गोली प्रहारी भएको बताइएको छ । मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो । 

घटनाको थप विवरण आउन बाँकी छ ।



प्रकाशित : Monday, March 12, 2018

recent

Popular Posts