बैंकर्स संघलाई प्रयोग गरेर यसरी नीजी स्वार्थ पूरा गर्दै त छैनन् ढुंगाना ? पर्दा पछाडीका यी ७ तथ्य र चर्चा पढ्नुहोस् !

  • सुरज प्याकुरेल / समाचार टिप्पणी 
काठमाडौँ- शुक्रबार आकस्मिक बैठक बसेर नेपाल बैंकर्स एसोसीएसनले एनआइसी एसिया बैंकसँग अन्य २७ बैंकले अन्तर बैंकिङ कारोबार नगर्ने भनेर निर्णय गर्यो । यसको मिस्रित प्रतिक्रिया आएको छ । एनआइसी एसिया बैंकले स्टाफ तानेका, डिपोजिट तानेका, लोन 'स्वाप' भएका बैंकहरु यो निर्णयबाट खुसी भएका छन् भने आम जनता यो निर्णयले संघको औचित्य सकिएको र संघ निक्षेपकर्ताको पक्षमा नभई सिन्डिकेटको पक्षमा रहेको भन्दै विरोध भएको छ । तर संघको यो निर्णयसँगै बैंकर्स एसोसीएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानामाथि पनि औंला तेर्सिएको छ । नेपाल बंगलादेश बैंकका सीइओ समेत रहेका उनी यो निर्णयको पछाडी आफ्नो व्यक्तिगत स्वार्थ्य पूरा गर्नमा लागेको आरोपसमेत लागेको छ । यो आरोपसँगै विभिन्न तथ्यका बारेमा विश्लेषण हुन थालिएको छ ।

१. एनआइसी एसिया बैंक पछिल्लो समय बिजनेश ग्रोथमा एग्रेसिभ रहेको तथ्य कसैअगाडी पनि लुकेको छैन । यहि बीचमा एनआइसी एसिया बैंकले अन्य बैंकका राम्रा कर्मचारी तान्ने, अन्य बैंकको लोन स्वाप गर्ने र अन्य बैंकको डिपोजिटसमेत तानेको तथ्य छर्लंग छ । तर त्यो निर्णय बैंकले भन्दापनि जनताले गर्ने हो । आफ्नो बैंकबाट पनि कतिपय लोन स्वाप भएको र एनआइसी एसिया बैंकलाई कारवाही गर्न अन्य केहि बैंकले दवाव दिएपछी ज्ञानेन्द्र ढुंगानाले आफ्नो बैंकपनि बच्ने,केहि गरेको छु जस्तो पनि हुने भन्दै एनआइसी एसियालाई कारवाही गरेको विश्लेषण गरिएको छ । यसमा उनेको नीजी स्वार्थ भनेको नेपाल बंगलादेश बैंकबाट थप डिपोजिट एनआइसी एसिया नजाओस् वा अन्य लोन स्वाप नहोस् भन्ने थियो ।

२. नेपाल राष्ट्र बैंकबाट जागिर छोडेर नेपाल बंगलादेश बैंक आउँदा उनी राष्ट्र बैंकमा विदामा भन्दै यता नेपाल बंगलादेश बैंकमा सीइओ भएर आएका थिए । पछी राष्ट्र बैंकले उनलाई यसबारे स्पष्टीकरण पनि सोधेको थियो । यहि झोंकमा उनले तत्कालीन अवस्थामा आफुलाई स्पष्टीकरण सोध्नेहरुलाई आफु राष्ट्र बैंकजस्तै भएर राष्ट्र बैंकलाई नै च्यालेन्ज गर्ने धम्की दिएको चर्चा बाहिर आएको थियो । अहिले नेपाल राष्ट्र बैंकको क्षेत्राधिकारलाई नै मिचेर उनले जे गरे, कतै उनले त्यहि रिस त पोखेनन् भन्ने चर्चा नेपाली बैंकिङ क्षेत्रमा छ ।

३. विदेशको पीआर बोकेर नेपाली बैंकको सीइओ हुन नपाउने व्यवस्था हुनुपर्ने भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका केहि बैंकरहरु अहिले एनआइसी एसिया बैंकको उपल्लो तहमा छन् । विदेशको पीआर बोकेर नेपाल बंगलादेश बैंकको सीइओ बनीरहेको आरोप लागेका ढुंगानाले कतै यहि कुराको रिस पो फेरे कि भन्ने चर्चा पनि नेपाली बैंकिङ क्षेत्रमा छ । तेश्रो कार्यकालमा पनि नेपाल बंगलादेश बैंकको सीइओ बनेको भन्दै विवादमा आएका उनी झोकी स्वभावका पनि मानिन्छन् । उनले कतै व्यक्तिगत आवेगलाई पूर्ति गर्न संघको प्रयोग पो गरे कि भन्ने चर्चा पनि छ ।

४. उनले बैंकर्स एसोसीएसनको अध्यक्ष बन्न राम्रै लविङ गरेका थिए । उनको संघको अध्यक्ष बन्ने उदेश्य नै एनआइसी एसिया बैंकलाई सिध्याउने भन्ने थियो भन्ने चर्चा पनि नेपाली बैंकिङ क्षेत्रमा चलेको छ । स्मरण रहोस् ढुंगाना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल राष्ट्र बैंक लगायतका निकायहरुमा उजुरीका चाङ नै छन् । यसबाट बच्न भएपनि उनी निकै राम्रो खर्च गरेर बैंकर्स एसोसीएसनको अध्यक्ष बनेको चर्चा पनि नेपाली बैंकिङ क्षेत्रमा चलेको छ । अहिले अन्य बैंकलाई निहुँ चाहिएका बेला आफ्नो अस्तित्व रक्षाका लागि उनले गलत बाटो रोजेको समेत विश्लेषण गरिएको छ ।

५. कर फर्छ्योट प्रकरणमा दलाली बनेर विभिन्न बैंकहरुलाई कर छुट गराएको आरोप पनि ढुंगानालाई लागेको छ । तत्कालीन कर फर्छ्योट आयोगमा चुडामणि शर्मासँगको सेटिङमा आफ्ना भाइलाई प्रयोग गरेर अरु बैंकको कर छुट गराउने र आफु सीइओ भएको नेपाल बंगलादेश बैंकको हकमा पनि चार करोड २७ लाख ५० हजार पाँच सय ९४ रुपैयाँ करछुुट दिलाउन सफल भएका उनलाई ती बैंकहरुले गुण लगाउन पाएका थिएनन् । अहिले एनआइसी एसिया बैंकलाई 'डाम्ने' कुरामा आफ्नो असहमति हुँदा हुँदै पनि केहि बैंकले उनलाई साथ दिएका हुन् ।

६. कर फर्छ्योट प्रकरणमा मात्र होइन नेपाल राष्ट्र बैंकमा केहि कुरा मिलाउनुपरे पनि ढुंगानालाई नै भन्ने धेरै बैंकहरु छन् । सधैं अफ्ट्यारो पर्दा सहयोग गर्ने भएकाले ढुंगानाको यो गलत काममा पनि कतिपय बैंकहरु नबोलेको वा बोल्न नसकेको भनाइ धेरै बैंकरहरुको छ । केहि साच्चै एनआइसी एसिया बैंकको विरुद्धमै थिए । केहि अधिकांस त्यति लागेपछि त्यति लागे । तर यो निर्णय सबैको निर्णय चाहिं होइन भन्ने ठम्याई धेरै बैंकरहरुको छ ।   

७. उनको निर्णयमा बदनियत थिएन भने उनले एनआइसी एसियालाई पहिला स्पष्टीकरण सोध्न सक्थे । सचेत गराउन सक्थे । छलफल गर्न सक्थे । तर केहि नगरी उनले ठाडो रुपमा कारवाही गरे । यसले उनको आवेग वा रिसइवी नै थियो एनआइसी एसिया सँग भन्ने कुरालाई थप बल पुगेको छ ।   



प्रकाशित : Saturday, March 10, 2018

recent

Popular Posts