×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइजी बनाउन तिन ठेकेदार सक्रिय, ओलीको अडान पछि राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत दबाब !

काठमाडौं । ३० वर्षे सेवाहदका कारण नेपाल प्रहरीका प्रहरी महानिरक्षक (आईजीपी) प्रकाश अर्यालसहित १५ एआईजीले आगामी २८ चैतमा अनिवार्य अवकाश पाउने भएपछि नयाँ आइजीपीका लागि चलखेल सुरू भइसकेको छ । 
आईजीपीसँगै वरीयतामा अगाडि रहेका डीआईजीहरू गोविन्दप्रसाद निरौला, रोमेन्द्रसिंह देउजा, सुदिप आचार्य, गणेश केसी, केदारमानसिंह भण्डारी, रमेश भट्टराई, पुष्पचन्द्र रञ्जित र एसएसपी विष्णुहरी गौतमले पनि ३० वर्षे सेवाहदका कारण चैत २८ मै अवकाश पाउँदैछन् ।
अवकाश पाउने सबै एआईजी र डिआईजीहरू आइजी अर्यालका ब्याची हुन् । सबै एआईजी र सिनियर डिआईजीको अवकाश पश्चात सरकारले २६ औं आईजीपी २९ माघ २०४६ मा प्रहरी निरक्षकमा भर्ना भएका र अहिले डीआईजी रहेकाबाट आईजीपी नियुक्ति गर्नुपर्ने हुन्छ । 
यो ब्याचमा चर्चित प्रहरी अधिकृत डीआईजीद्वय सर्वेन्द्र खनाल र रमेश खरेल पछृन् । यी दुई मध्ये एक आइजी बन्ने निश्चित छ । प्रहरीको व्यावसायीक छवी बनाएका डीआईजीद्वय खरेल र खनाल मध्य एक आईजी भए संगठनमा सुधार आउने निश्चित छ । यी दुई प्रहरी अधिकारीले काठमाडौं देखि तराईका विभिन्न जिल्लामा उल्लेखनिय काम गरेर चर्चा कमाएका छन् । 
एसपीको रूपमा काठमाडौ, धनुषा प्रहरी प्रमुख, एसएसपीको रूपमा तत्कालीन अञ्चल प्रहरी कार्यालय नारायणी र महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेका खनाल नेपाल प्रहरीमा रोलमोडल मानिन्छन् । कुख्यात भारतीय अपराधी बब्लु दुबे पक्राउदेखि गुण्डानाइके कुमार घैंटेको इन्काउन्टर लगायतका सयौं ठूला अपराधहरूको सफल अनुसन्धान गरेका खनाल हाल महानगरीय ट्राफिक महाशाखाको प्रमुख छन् । 
वरीयताको दोस्रो नम्बरमा रहेका खरेल पनि एक व्यावसायिक प्रहरी अधिकृत हुन् । भ्रष्टाचार र अपराधबिरूद्ध खुलेरै बोल्ने उनी दुई पटक काठमाडौं र कास्कीको प्रहरी प्रमुख हुँदा पोखराको गुण्डागर्दीलाई शून्यमा झार्न सफल थिए । उनी प्रहरी संगठनमा एक आइडल प्रहरी अधिकृतका रूपमा मानिन्छन् । काठमाडौंको गुण्डागर्दीदेखि पर्सामा हुने तस्करीको सञ्जाल तोड्न सफल उनी हाल प्रहरी मुख्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् । 
उता खनाल र खरेलसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) का निर्देशक डीआईजी पुस्कर कार्की पनि सक्षम प्रहरी अधिकारीका रूपमा चिनिन्छन् । अन्त खासै चर्चा कमाउन नसकेपनि पछिल्लो पटक अपराध महाशाखाका रहँदा उनले उल्लेखनिय काम गरी हिरो बनेका थिए । दिनेश अधिकारी (चरी) लाई ईन्काउन्टर गरी गुण्डा ईन्काउन्टरको सुरूवात उनकै पालाबाट सुरू भएको थियो ।
खरेल र खनाल भन्दा संगठनमा उनलाई चलाख प्रहरी अधिकारीका रूपमा चित्रण गरिन्छ । विदेश मिशनमा रहेका बेला नेपालमा तक्मा पाउने भाग्यमानी प्रहरी अधिकृत भित्र कार्की पर्छन् । उनी पनि नेपाल प्रहरीका भावी आईजीको बलियो दाबेदारका रूपमा खडा भएका छन् । आफू आईजी बन्न कार्की यतिखेर शक्ति केन्द्र धाउँदै दिन रात बिताउन थालेका छन् । नेतालाई भन्दा बढी उनी अहिले नेता बनाउने र चलाउने ठेकदार र व्यापारीलाई बेक्न थालेको चर्चा संगठन भित्र चल्न थालेको छ ।
विवादास्पद ठेकदार दिपक भट्ट, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ठेकेदार शारदा अधिकारी र व्यापारी आङछिरिङ शेर्पाको शरणमा यतिखेर डिआईजी कार्की पुगेका छन् । अपराध महाशाखामा हुँदा आङछिरीङ शेर्पाको बहिनीलाई ठगी मुद्दामा फसाउन खोजेपछि डिआईजी कार्कीसँग रूष्ट भएका शेर्पालाई ठेकदार भट्टले दुई साता अगाडी मिलापत्र गराई दिएका थिए । तर भट्टले झुक्याएर आफूलाई डीआईजी कार्कीसँग भेटाई दिएको भन्दै आफ्नो कुनै सर्मथन कार्कीलाई नहुने शेर्पाले बताउन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसँग राम्रो सम्बन्ध भएका शेर्पा प्रहरीतिर खासै चासो नदिने व्यापारीमा चिनिन्छन् । 
उता डिआईजी कार्की एसपी भएदेखि नै राम्रो सम्बन्ध बनाएका ठेकदार शारदा अधिकारी भने डिआईजी पुस्कर कार्कीलाई आईजी बनाउन सहयोग गर्ने आश्वासन दिएको स्रोत बताउँछ । डिआईजी कार्की भोजपूरे दिदिको साईनो लगाउँदै राष्ट्रपति विद्यादेबी भण्डारीको शरणमा समेत पुगेका थिए । 
प्रधामन्त्री ओलीले कांगे्रस सभापती देउवाको जस्तो मनपरी गरेर तिन, चार नम्बरलाई आईजी बनाउन नसक्ने बताएपछि कार्की अहिले राष्ट्रपति भण्डारी मार्फत प्रधानमन्त्री ओलीलाई दबाब दिन लागि परेको स्रोतको दाबी छ । पाँच बर्ष देखि प्रहरीमा एकलौटी काम गर्न नपाएका दिपक भट्ट भने कुनै पनि हालतमा कार्कीलाई आईजी बनाएर प्रहरीको ठेक्का कब्जा गर्ने कसरतमा छन् । उता आईजीको प्रमुख दाबेदार डीआईजी खरेल र खनाल पनि नेता भेटघाटमा व्यस्त नै छन् । 
खरेलका लागि पूर्व आईजीपी अच्युतकृष्ण खरेलले नेतालाई भनसुन गर्दै आएका छन् । ३० बर्षे सेवा अबधिको कारण डिआईजी खरेल आईजी भए ०७५ चैतमा अवकाश पाउने छन् । ०६२÷६३ को जनआदोलनमा तत्कालिन समयमा काठमाडौं परिसरमा एसपी रहेका डीआईजी खनालको सबै प्रमुख तिन दलकै नेताहरू सँग राम्रो सम्बन्ध रहेको छ ।
जनआन्दोलनमा उल्लेखनीय भूमिका खेलेर राजनीतिक दललाई सपोर्ट गरेको भन्दै प्रधानमन्त्री ओली देखि प्रचण्ड र कांगे्रसका नेतासँग समेत उनको निकट सम्बन्ध रहेको छ । खनाललाई प्रचण्ड र ओली निकट भएका हुनाले आईजीमा कसैले नछेक्ने चर्चा समेत चलेको छ । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: