×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

५ महिनादेखि राजीनामा खल्तीमा बोकेर हिंडेका रिसालले अन्तत : एनआइसी एसियाको जागिर छोडे !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ- एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) लक्ष्मण रिसालले बैंकबाट राजीनामा दिएका छन् । आज उनले औपचारिक रुपमा बैंकबाट राजीनामा दिएका हुन् । उनी २०७३ जेठ ३ गते बैंकको प्रमुख कार्यकारी पदमा नियुक्त भएका थिए । एनआइसी एसिया बैंकमा जागिर खाएको २ बर्ष पूरा नहुँदै उनले बैंकबाट राजीनामा दिएका हुन् ।  
करिव ५ महिना अघिनै खल्तीमा राजीनामा बोकेर हिंडेको चर्चा पाएका रिसाल ६ महिना कुलिङ पिरियडमा बस्ने र अर्को एक वाणिज्य बैंकमा जाने बुझिएको छ । उनले ५ महिना अघि नै राजीनामा दिएको तर सञ्चालक समितिले स्वीकृत नगरेको चर्चासमेत बाहिर आएको थियो । यद्यपी एक वाणिज्य बैंकले भने अनिल शाहको शैलीमा उनलाई डेपुटीमा जागिर खान र केहि समयपछी सीइओ हुन आग्रह गरेको छ । यद्यपी उनले सो आग्रह इन्कार गरेको बुझिएको छ ।
केहि महिनाअघि नै उनले एनआइसी एसिया छाड्ने पक्कापक्की भइसकेको थियो । तर सोहि बेला बैंकमा स्विफ्ट प्रकरण घटेपछी उनलाई बोर्डले प्रेसरका साथ बैंकमा राखेको थियो । नैतिक रुपमा पनि बैंक छाड्न नमिल्ने भएपछि उनी बैंकमै बसीरहेका थिए । अहिले समय आएको भन्दै उनले बैंक छाडेका हुन् । उनले यसको दोष भने बैंकले भर्खर बढाएको ब्याजलाइ दिएका छन् । 
यसो त ५ महिनाअघि देखि नै उनले दीर्घकालीन रुपमा असर गर्ने काम गर्न छाडिसकेका थिए । छोटोमा भन्दा पछिल्ला ५ महिना उनी बैंकमा सेरोमोनियल सीइओ जस्तै थिए । अव उनले राजीनामा दिएपछि सुधीर नाथ पाण्डे कामु सीइओ बन्दैछन् । उनै पाण्डेलाई पछी पूर्ण सीइओ दिने तयारी भएको बैंक स्रोतको भनाइ छ । यद्यपी बोर्डमै अर्को एक समूहले भने निरज श्रेष्ठ वा अनिल ज्ञवालीलाइ बैंकमा सीइओको रुपमा ल्याउनुपर्ने बताईरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: