×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एपेक्स- एनसीसी घोटाला प्रकरण : एनसीसी बैंकलाई राष्ट्र बैंकले ‘टेकओभर’ गर्ने, सेयर कारोबार पनि रोक्का हुने !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंकमा ठुलो घोटाला भएको भन्दै तत्कालीन एपेक्सका १३ जनालाई सीआइबीले पक्राउ गरेपछि एनसीसी बैंकको भविष्यमा पनि प्रश्नचिन्ह उठेको छ । मर्जरपछी एपेक्सको बदमासीमा सीआइबीले अनुसन्धान चलाएपछि सीआइबीलाई सहयोग गर्न र बैंक डुब्नबाट बच्न एनसीसीलाई हाल टेकओभर गरी राष्ट्र बैंकले नै व्यवस्थापन चलाउनेबारे राष्ट्र बैंकमा बहस सुरु भएको छ । 
राष्ट्र बैंक स्रोतले दिएको जानकारी अनुसार शुक्रबार सीआइबीले बैंकका सञ्चालक सहित अन्य १३ जनालाई पक्राउ गरेपछि बैंकलाई अव राष्ट्र बैंकले टेकओभर गरेर सीआइबीलाई उक्त अनुसन्धानमा सहयोग पनि पुर्याउने र एनसीसीलाई सवल बनाएर पुन: नयाँ व्यवस्थापनलाई जिम्मा दिने तयारीबारे छलफल सुरु भइसकेको छ । यसअघि पनि एनसीसी बैंकलाई राष्ट्र बैंकले टेकओभर गरेर पुन: नयाँ व्यवस्थापनलाई जिम्मा लगाएको थियो। 
‘अन्तिम निर्यण भएको छैन । तर एनसीसी बैंकलाई राष्ट्र बैंकले लिन्छ । टेकओभर गर्नुको कुनै पनि विकल्प छैन ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘तर बहस अझै चलिरहेकाले तत्काल मिडियालाई केहि पनि प्रतिकृया दिहाल्नचाहिं मिल्दैन ।’ 

यो पनि पढ्नुहोस् :
हेर्नुहोस् एपेक्समा भएका घोटालाका बारे अर्थ सरोकार डटकमले लेखेका समाचारहरु 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: