डेभलोपमेन्ट बैंकर्स एसोसीएसनले पनि एनआइसी एसियालाई बहिस्कार गर्ने, अन्तर बैंकिङ कारोबार रोकिने !


नेपाल बैंकर्स एसोसीएसनले एनआइसी एसिया बैंकसँग अन्तर बैंकिङ कारोबार रोक्ने निर्णय गरेपछि  डेभलोपमेन्ट बैंकर्स एसोसीएसनले पनि एनआइसी एसियालाई बहिस्कार गर्ने भएको छ । आज बस्न लागेको उक्त बैठकले आफुहरु पनि एनआइसी एसिया बैंकलाई कारोबार बन्द गर्ने निर्णय गर्न लागेका हुन् । एसोसीएसनका एक सदस्यले अर्थ सरोकार डटकमलाई जानकारी गराए अनुसार अन्यथा नभएमा संघ उक्त निर्णय गर्ने तहमा पुगिसकेको छ ।   

उक्त कार्य वाफिया विरुद्ध भएको थाहा पाएपनि ज्ञानेन्द्र ढुंगानाको चरम दवावमा उक्त निर्णय लिन लागिएको बुझिएको छ । वाणिज्य बैंकमा आवद्ध बैंकरहरुको छाता संगठनको रुपमा रहेको संघले कानून विपरित निर्णय गरेको भन्दै अहिले संघको व्यापक आलोचना भइरहेका बेला डेभलोपमेन्ट बैंकर्स संघले पनि यस्तो निर्णय गर्न लागेको हो । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को सेक्सन ५०(१) को (ज) मा बैंक वा वित्तीय संस्थाहरु एक आपसमा मिली वित्तीय कारोबारमा कुनै किसिमको एकाधिकार वा अन्य कुनै किसिमको नियन्त्रित अभ्यास गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ ।यस्तै प्रतिष्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ मा समेत प्रतिष्पर्धा विरुद्धको कुनै सम्झौता गर्न नहुने उल्लेख गरिएको छ ।



प्रकाशित : Sunday, March 11, 2018

recent

Popular Posts