×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ओली–अब्बासी भेटवार्तामा भयो यस्तो कुरा

काठमाडौं – नेपालको दुई दिने भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच करिब उक घण्टासम्म भेटवार्ता भएको छ ।
दुई नेताबीच सोमबार साँझ भएको भेटवार्तामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) नै प्रमुख एजेन्डा बनेको थियो । भेटमा दक्षिण एसियाली क्षेत्रमा सहकार्य, द्विपक्षीय सम्बन्ध र आर्थिक विकासबारे छलफल भएको हो । न
नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार दिउँसो काठमाडौं आएका पाकिस्तानी प्रधानमन्त्री अब्बासी र प्रधानमन्त्री ओलीबीच साँझ करिब एक घण्टा भएको भेटवार्ता भएको हो । दुई नेताबीच सार्क र यस क्षेत्रको विकासबारे गम्भीर वार्ता भएको बताइएको छ ।

वार्तामा अरु के कुरा भयो ?

भेटवार्तामा सहभागी प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सार्कबारेमा छलफल भएको जानकारी दिए । । तर उनले यसबारे विस्तृत प्रतिक्रिया भने दिन मानेनन् । द्विपक्षीय बैठकपछि सञ्चारकर्मीसँग रिमालले भने, ‘पारस्परिक हित र चासोका विषयमा छलफल भयो । सार्कको प्रभावकारिताबारे पनि दुई नेताबीच कुरा भयो ।
पाकिस्तानले पनि सार्कको विषयलाई चासोका साथ लिँदै आएको छ । दुई वर्षअघि पाकिस्तानमा हुनुपर्ने १९ औं सार्क शिखर सम्मेलन भारतको असहयोगका कारण अन्तिम समयमा स्थगित भएको थियो ।
पाकिस्तान कुनै पनि हालतमा आफ्नै देशमा सार्क शिखर सम्मेलन गर्न चाहन्छ भने भारतले पाकिस्तान बाहेक अन्य मुलुकमा सम्मेलन हुनुपर्ने अडान राख्दै आएको छ ।
दुई देशबीचको तिक्ततापूर्ण सम्बन्धका कारण सार्क सम्मेलन अनिश्चित बन्दै आएको छ । नेपाल सार्क राष्ट्र अध्यक्ष भएकाले पनि पाकिस्तानले प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला सार्कलाई प्रमुख एजेण्डाका रुपमा उठाउने जनाएको थियो ।

यसरी बित्यो पहिलो दिन

दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका पाक प्रधानमन्त्री अब्बासी सोमबार दिउँसो साढे तीन बजे काठमाडौं ओर्लिएका थिए । पाकिस्तान एअर फोर्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडा र परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरांगीले स्वागत गरेका थिए । ३२ जनाको प्रतिनिधिमण्डलसहित काठमाडौं आएका अब्बासी विमानस्थलबाट सीधै बौद्धस्थित हायात रिजेन्सी गएका थिए ।
त्यहाँबाट ५ बजे ‘गार्ड अफ अनर’ का लागि सैनिक मञ्च टुँडिखेल प्रस्थान गरे । विगतमा विमानस्थलमै ‘गार्ड अफ अनर’ दिने प्रचलन रहेपनि यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सैनिक मञ्च टुँडिखेलमा सारिएको हो ।
उनलाई साढे पाँच बजेपछि ‘गार्ड अफ अनर’ दिइएको थियो । प्रधानमन्त्री ओलीले पाकिस्तानी समकक्षीलाई टुँडिखेलमा स्वागत गरे । उनलाई नेपाली सेनाको टोलीले १९ तोपको सलामी दिएको थियो ।
सैन्य परेडसहित ‘गार्ड अफ अनर’ लिएपछि अब्बासी दरवारमार्गमा रहेको याक एण्ड यति होटल पुगेका थिए । जहाँ प्रधानमन्त्री ओली र अब्बासीबीच द्धिपक्षीय भेटवार्ता भएको थियो भने लगत्तै उनको स्वागतका लागि प्रधानमन्त्री ओलीले आयोजना गरेको रात्रीभोजमा सहभागि भएका थिए ।
मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच भेटवार्ता हुने कार्यक्रम तय भएको छ भने विहान १० बजे अब्बासी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटघाट हुनेछ । विहान ११ बजे अब्बासी स्वदेश फर्किनेछन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: