एक्यानको चुनावी पाठ र दीपक पाण्डेको जीतले सिकाएको सबक, 'एक माघले जाडो कहाँ जाँदोरहेछ र ?'

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
नेपाल चार्टड एकाउन्टेन्ट्स संघको उपाध्यक्षमा सिए दीपक पाण्डे निर्विरोध निर्वाचित भएका छन् । संघको उपाध्यक्ष पदमा अरु कसैको उम्मेद्वारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । संघले दिएको जानकारी अनुसार चुनावका लागि अध्यक्षमा २ जना, कोषाध्यक्षमा ३ जना, महासचिवमा २ जना र सदस्यका लागि १२ जनाको उम्मेद्वारी परेको छ । यसअघि उक्त पदमा सन्तोष लम्सालले समेत दावेदारी दिने बताएपनि लम्साल पछी हटेका थिए । अरु कोहि सिए उपाध्यक्ष पदमा नउठेपछ्ही पाण्डे निर्विरोध भएका हुन् । गत चुनावमा पाण्डेले सन्तोष लम्सालसँग महासचिवमा चिट्ठामा हारेका थिए । 

गत चुनावको फ्ल्यासब्याक 
नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को गत चुनाव कलियुगको महाभारतभन्दा कम थिएन । गुट, उपगुटले थिचिएको यथार्थ त छँदै थियो, आफुमात्र सहि भन्ने केहि उम्मेदवारको घमण्डीपना पनि छताछुल्ल भएको यथार्थ कसै अगाडी पनि लुकेन । चुनाव चल्दै थियो । मतगणनामा आएर कुरा बाझियो । एक मत फर्जी भन्ने एउटा समूह, होइन भन्ने अर्को समूह । निर्वाचन अधिकृतको असक्षमताको पराकाष्टा । न सुरक्षाको बन्दोबस्त, न आफुले के गर्न हुन्छ वा के गर्न हुँदैन भन्ने कुराको ज्ञान । अध्यक्षमा उठेका हरि सिलवाल आफैं निर्णायक जस्तो भएर ठुला ठुला कुरा गर्दै मंचमा 'नेता' बनेको स्थिति र त्यसलाई इन्काउन्टर गर्दै गरेका उनका प्रतिष्पर्धीहरु ।

मानौं त्यो सिएहरुको चुनाव नभएर कुनै उग्र, र अराजक झुण्डहरुको 'होलीको पार्टी' थियो । र पनि आखिर चुनाव त सम्पन्न भएकै थियो र नतिजा आउनु नै थियो । त्यहि बेला महासचिवका दुवै उम्मेदवारलाई बोल्न लगाइयो । दीपक पाण्डेले नेताको गुण देखाए । यसै पनि विद्यार्थीलाई काउन्सिलिङ गर्दा गर्दा बोल्न खप्पिस भएका दीपक पाण्डेले सबैलाई आफ्नो बोलीको 'जादु' देखाए । ठिक त्यसैबेला सन्तोष लम्साल कसरी प्रस्तुत भए, त्यो सायद हामीले भनीरहनु पर्दैन । उनी नमज्जासँग चुके । उनले नराम्रो शैलीमा बोले भन्दा पनि पाण्डेले नेताको गुण देखाएपछि लम्षालको जीत भएपनि उँधोगति सुरु भयो। चिट्ठाले लम्षाललाई भाग्यमानी ठहर्यायो । तर ठिक त्यहि दिनदेखि उनको एक्यानको राजनीतिक यात्रा समाप्त भयो भन्दा फरक पर्दैन । यसपाली त त्यो प्रमाणित नै भयो ।


तस्विर बोल्यो, काम बोल्यो, बोल्न सकेनन् मात्र लम्षाल !
एक्यानको चुनावी नतिजा आउँदा खिचिएको एउटा तस्विरको चर्चा अहिले जताततै छ । हुन पनि बोल्नुसम्म बोलेको छ त्यो तस्विरले । दीपक पाण्डे आफु हारेको थाहा पाएर पनि हाँसीरहेका छन् भने लम्सालले जीतेको फरक खालको उत्साह देखाएका छन् । हरि सिलवालको लम्सालको जीतको ब्यग्र प्रतीक्षा सकिएझैं देखिन्छन् अनि ज्ञानेन्द्र भारी आफ्नो असक्षमताका प्रति भारी मन लिएर खुसी हुन नसकेको स्पष्ट देखिन्छ। पाण्डेको जीतको प्रतीक्षा गरिरहेका नवराज बुर्लाकोटी नमीठो हाँसो देखाईरहेका छन् भने राजु ढकाल पाण्डे हार्दा हात नै उचालेर आफ्नो तनावलाई छरपष्ट देखाईरहेका छन् । बाँकी त यो तस्विरको आ-आफ्नै विश्लेषण राम्रैसंग भएको छ ।

तस्विर त बोल्यो नै, सन्तोष लम्सालको कामपनि बोल्यो । बोली नै नफुटाई सायद 'च्याँ च्याँ' गरेर मात्र बोल्यो, लम्सालको काम । किनकि उनले एक्यानमा गएर काम नै गर्न सकेनन् । आइक्यानको 'सेन्टिमेन्ट' बोकेर पदमा पुगेका उनले नेपाल बोर्डका सदस्यहरुलाई 'न्याय' गर्न सकेनन् । सिए शंकर थापाले विधान संसोधनको प्रस्ताव पेश गरेका थिए । विधानले स्पष्टसंग त्यो एजेन्डा साधारणसभामा लैजाने ठाउँ दिएको थियो । तर लम्साल कतिसम्म असक्षम छन् भन्ने प्रमाणित भयो । नेतृत्वको अगाडी उनी 'हस बहादुर' बाहेक केहि हुन सकेनन् । एक व्यक्ति एक पेशाको नीति आरएहरुलाई अझ पर सार्दा पनि उनले 'फिस्स' हाँस्न बाहेक केहि सकेनन् । आइक्यानले आइसीएआइको मान्यता खारेज गर्दा उनले आफ्नो धारणा समेत व्यक्त गर्न सकेनन् । एक्यानलाई त्यहि धारणामा बदल्नु त उनका लागि आकाशको फल जति थियो ।

सबैको मनबाट पनि हारे लम्साल !
उनी निकटका 'दारुवाला' साथीभाइ बाहेक र आइक्यानका केहि एक्सट्रिमिष्ट बाहेक उनलाई अहिले कसैको साथ छैन भन्दा फरक पर्दैन । यसो त यस अघि पनि उनी खास दम भएका उम्मेदवार थिएनन् । प्रकाश लम्साल र भरत रिजालको लडाईमा देखिएका पाण्डे र लम्साल पात्रमा प्रकाश लम्सालको जीतका मुख पात्र मात्र थिए सन्तोष लम्साल । अहिले उनले सबैको विश्वास गुमाए सायद, चुनावमा उठ्छु भनेर धक्कु लगाए, अनि हार्ने कन्फर्म भएपछि उम्मेद्वारी दिएनन् । सबैसामु स्पष्ट छ, जित्छु भन्ने अलिकतिमात्र आत्मविश्वास भएको भए वा दीपक पाण्डेको ठाउँमा अरु कोहि उठीदिएको भए उनी जरुर उपाध्यक्ष पदमा जित्थे । तर परिस्थिति त्यस्तो बनेन । नउठ्ने भए उठ्छु भनेर फुंइ नलगाएको भए हुन्थ्यो । उठ्छु भनिसकेपछी उठेको भए हुन्थ्यो । तर उनले त्यसो गरेनन् । यसले दीपक पाण्डेले चुनाव लडेर जित्नुभन्दा पनि नलडी निर्विरोध बनाइदियो ।

पानीमाथिको ओभानो बन्ने दुष्प्रयास र लम्सालको आत्मसमर्पण !
चुनावमा उठ्न नसकेपछी उनलाई आफ्नाहरुले पनि के भन्लान्, भोलि एक्यानमा कसरी अगाडी बढ्ने भन्ने चिन्ता भएछ क्यार, दीपक पाण्डेका विरुद्ध खुलेर लाग्ने लम्सालले दीपक पाण्डेलाई फेसबुकमै औपचारिक बधाई दिए । कतिपयले यसलाई लम्सालको महानता भनेका छन् । तर सबै पृष्ठभुमि बुझ्ने हो भने यो उनको आत्मसमर्पण बाहेक केहि होइन । केहि समयअघिसम्म फेसबुकमा यसपाली उठ्ने प्रतिज्ञा गरेका उनले अन्तिम घडीसम्म पनि आफु नउठ्ने र दीपक पाण्डेलाई साथ दिन्छु भन्न सकेनन् । यास्तो गरेको भए सायद त्यो उनको महानताको केहि प्रतिशत गणना हुन्थ्यो होला। तर आफ्नो हार स्वीकार गरेर जुन रुपमा उनी प्रस्तुत भए, त्यसको पनि समिक्षा समयले गर्ने नै छ ।

पाण्डेको जीत र लम्सालको लज्जास्पद हारले सिकाएको सबक !
'फेट्रनीटि यहि हो, ठाउँ यहि हो, संस्था यहि हो । यहाँ लडेर काम छैन । गुटको औचित्य छैन ।' लम्साल प्रकरणले सिएहरुलाई सिकाएको सबैभन्दा ठुलो पाठ यहि हुनुपर्छ । दीपक पाण्डेले चिट्ठामा हारे । तर २ बर्षमा उनले सबैको मन जिते । लम्सालले चिट्ठामा जिते । तर अव कहिले नजित्ने गरी हारे सायद उनी । चुनावमा त उनी उठ्न सकेनन् नै, थुप्रैको विश्वास पनि गुमाए । आइक्यानको सेन्टिमेन्ट बोकेर नेतृत्वमा पुगेका उनले एउटा विधान संसोधनको कुरामै आफ्नो साख गुमाईसकेका थिए । नेता बन्न कसैको भोटमात्र होइन, आफु पनि सक्षम बन्नु पर्दो रहेछ भन्ने उदाहरण पेश भयो । ठिक त्यहि समय, पाण्डेले आफुलाई कसरी निखारे, कसरी हार स्वीकारेर जीतका लागि संघर्ष गरे, पूरै सिए जगतका लागि यो पाठ बन्न सक्छ ।

जाँदाजाँदै धन्यवाद लम्सालजीलाई !
हार पक्का थियो । नउठेपनि, उठेपनि । तर अन्तिम समयमा अरुले सिकाएर नै सहि, उनले आफुलाई चिने । उनका केहि यस्ता कदम जसले ठुलो पाठ सिकायो सिएहरुलाई । उक्साहटमा स्ट्याटस लेख्नु हुँदो रहेनछ, सिएहरुबीच लडेर काम रहेनछ, आफ्नो क्षमता हेरेर मात्र नेता बन्नु पर्दोरहेछ, कसैको गोटीमात्र बन्दा आफुलाई नै घाटा हुँदो रहेछ, सिएहरुबीच गुट र फुटको राजनीति गरेर केहि पनि काम रहेनछ, सिएहरु मिलेर अगाडी बढ्दामात्र त्यसको नतिजा राम्रो आउने रहेछ, आइक्यानका साथीहरुलाई न्याय गर्ने आफ्नो क्षमता अझै बिकास नभई कुरामात्र ठुला गरेर नहुनेरहेछ भन्ने ठुलो पाठ सिकाए लम्सालले । यदी सन्तोष लम्साल गत चुनावमा नउठेको भए सायद सिएहरुले यो सिक्ने मौका नै पाउँदैनथिए । त्यसका लागि सन्तोष लम्साललाई सबैले धन्यवाद दिनै पर्छ । थ्यांक यु सन्तोष सर !
प्रकाशित : Friday, March 02, 2018

recent

Popular Posts