Breaking : त्रिभुवन विमानस्थलमा प्लेन क्र्यास ! (भिडियोसहित)


काठमाडौं–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटनामा परेको छ । प्राप्त जानकारी अनुसार रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको छ ।

प्रहरीले दिएको जानकारी दिए अनुसार विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका १४ जनाको उद्दार गरिएको छ । उनीहरुलाई अस्पताल पठाइएको छ । उद्दार जारी छ । तर, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ । 

फोटो सौजन्य : प्रशान्त अर्याल र विष्णु सापकोटा



प्रकाशित : Monday, March 12, 2018
,

recent

Popular Posts