अलविदा ऋषि... ! ५ तस्विरमा हेर्नुहोस् ऋषिकेश पहारीको निधनपछी आयोजित शोकसभा (फोटोकथा)

  • अर्थ  सरोकार सम्बाददाता 

काठमाडौँ- पोखरामा दुर्घटनामा परी निधन भएका चार्टड एकाउन्टेन्ट ऋषिकेश पहारीको सम्झनामा माइतीघर मण्डलामा शोकसभा आयोजना गरिएको छ । पहारीको निधनमा मृत आत्माको चीर शान्तिको कामना गर्दै र घाइते भएका सिए बिमल थापाको श्वास्थ लाभको कामना गर्दै उक्त सभाको आयोजना भएको थियो ।

सिए पदम भट्टराई र सिए केपी उपाध्यायले संयोजन गरेको उक्त कार्यक्रममा सिएहरुको बाक्लो उपस्थिति थियो । सभामा मैनबत्ती बाली ऋषि पहारीको तस्विरमा माल्यार्पण गर्दै शोक मनाइएको थियो ।

उक्त सभामा छोटो मन्तव्य राख्दै सिए भरत रिजालले सिएहरुको प्राय निधन अस्वाभाविक तरिकाले हुने गरेको पाइएकोले सबैलाई सजग हुन समेत आग्रह गरेका थिए । हेर्नुहोस् उक्त सभा ५ तस्विरमा :    








प्रकाशित : Saturday, March 03, 2018

recent

Popular Posts