'निक्षेपकर्तालाई अन्याय गरेको फल राम्रो हुन्न नि !' संघलाई भजाएर आफुलाई बचाउने ढुंगानालाई चेतना भया...!

  • समाचार टिप्पणी 
काठमाडौँ - लामो समय भयो एनआइसी एसियालाई कसरी सिध्याउने होला भनेर विभिन्न बैंकहरु लागि परेको । बैंकले गरेको एग्रेसिभ ग्रोथ, र ब्रान्डीङपछी बैंक भनेकै एनआइसी एसिया भन्ने शैलीमा नयाँ ग्राहकहरु आउन थालेपछि अरुको डाहामात्र गर्ने बैंकरहरु तनावमा थिए । आफ्ना स्टाफ, डिपोजिट सबै एनआइसी एसियाले लागेपछि तनावमा परेका बैंकरले बैंकर्स संघलाई प्रयोग गर्दै एनआइसी एसियालाई बाइपास गर्ने रणनीति बनाएका छन् । यो सहमतिविपरित ब्याज बढाएको कारणले भन्दा पनि कारण खोजीरहेका ढुंगाना लगायतका केहि बैंकरहरुले पाएको बहाना हो भन्दा फरक पर्दैन ।     

आफु टिक्न नसक्ने भएपछी ढुंगानाको यस्तो कदम !
नेपाल बैंकर्स संघले गरेको भद्र सहमति नमानेको भन्दै बैंकर्स संघले एनआइसी एसिया बैंकसँग कारोबार नगर्ने निर्णय गरेका छन् । बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गर्ने निर्णय भएको हो । शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एसियासँग कुनैपनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिएका छन् । बैंकले संघको भद्र सहमति नमानेको भन्दै राजीनामा दिनुपरेपछि लक्ष्मण रिसालको सेटिङमा ज्ञानेन्द्र ढुंगानाले बैंकर्स संघमार्फत यस्तो निर्णय गराएका हुन्।न्ग त शुक्रबार संघमा आवद्ध बैंकहरुले बचत खातमा ८ र एक वर्षे मुद्धतिमा ११ प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्ने सहमति गरेको भएपनि एनआइसी एसिया बैंकले सो सहमति नमानेको भन्दै संघले यस्तो कठोर निर्णय लिएको हो । यस्तो निर्णय लिनुकोपछि अरु बैंकहरुले एनआइसी एसिया बैंकसँग प्रतिष्पर्धा गर्न नसक्ने हुनु बाध्यता भएको अन्य बैंकरहरु बताउँछन् । 

ज्ञानेन्द्र ढुंगानाको सेटिङ !
यसो त नेपाल बंगलादेश बैंकमा सीइओ रहेका र पछिल्लो समय पटक पटक विभिन्न विवादमा मुछिंदै आएका ढुंगानाले बैंकले १२% ब्याज दिंदा आफ्नो बैंकमा बचत कमजोर हुने भएपछी संघलाई प्रयोग गरेर एनआइसी एसियामाथि 'अन्याय' गरेको बुझ्न गाह्रो छैन । आफु निक्षेपकर्तालाई बढी ब्याज दिन नसक्ने अनि अरुले दिए उसलाई उछितो खन्ने उनको प्रवृतिले नेपाली बैंकिङलाई कता लैजाँदै छ भन्ने अन्योल भएको छ । बढी प्रतिफल पाउनु वा बढी ब्याज पाउनु लगानीकर्ताको अधिकार वा लगानीकर्ताको भलोको काम हो । निक्षेपकर्तालाई नै अन्याय गर्ने र संघको नाम भजाएर आफ्नो व्यापार टिकाइराख्ने ढुंगाना प्रवृति धेरै दिन नटिक्ने पक्का छ ।   यसो त यसले एकातर्फ बढी ब्याज पाउने जनताको अधिकारमाथि धावा बोलेको स्पष्ट देखिएको छ भने अर्कोतर्फ प्रतिष्पर्धा गरेर भन्दा सिन्डिकेट गरेर बैंकिङमा टिकिरहनेहरु सल्बलाउनेसमेत स्पष्ट देखिएको छ ।

ढुगानालाई चेतना भया...,'निक्षेपकर्तालाई अन्याय गरेको फल राम्रो हुन्न नि !'
यसैपनि ज्ञानेन्द्र ढुंगाना आफैंमा विवादित बैंकर हुन् । उनको नेपाल बंगलादेश बैंकको सीइओको कार्यकालपनि विवादमा छ । उनी नियम विपरित सीइओको पदमा बसीरहेको भन्दै अख्तियारमा समेत उजुरी परिसकेको छ । पछिल्लो समय आफ्नो र आफु निकटका बैंकरहरुको कर्तुत सार्वजनिक गर्ने भन्दै निरङ्कुश शैलीमा मिडियाहरुलाई नै ब्याक्लिष्ट गर्नेसम्मको हर्कत गरेका ढुंगानाको पछिल्लो हर्कतले पनि उनलाई दीर्घकालीन रुपमै घाटा हुने स्पष्ट छ । ढुंगानाले पनि यो कुरा बुझ्दा राम्रो हुन्छ ।      
प्रकाशित : Friday, March 09, 2018

recent

Popular Posts