×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्री इन्भेष्टमेन्टको सेयर लिलामी बिहिबारदेखि खुल्दै,कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको बिहीबारदेखि ३ लाख ४४ हजार ३७३.६२ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । संस्थापक समूहको २ लाख ७७ हजार ९९६.५३ कित्ता र सर्वसाधारण समूहको ६६ हजार ३७७.०९ कित्ता गरि कुल ३ लाख ४४ हजार ३७३.६२ कित्ता सेयर लिलामी खुलेको हो । लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र भर्नुपर्नेछ ।आवेदन दिने अन्तिम म्याद चैत १६ गतेसम्म तोकिएको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाडौं तथा श्री इन्भेष्टमेन्ट फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौं र विराटनगर, भैरहवा शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ । 
यसअघि कम्पनीले माघ १५ गतेदेखि २८ लाख ६७ हजार २२५.६२ कित्ता (८३%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सबै नबिकेपछि अहिले लिलामीमा बेच्न लागिएको हो । हाल यस फाइनान्सको चुक्ता पुँजी ३४ करोड ५४ लाख ४८ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी ६३ करोड २१ लाख ७१ हजार ४३२ रुपैयाँ हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: