×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारी कर्मचारीहरुलाई दुखको खबर : पेन्सनको व्यवस्था खारेज गर्ने सरकारको अन्तिम तयारी !

काठमाडौं – सरकारी कर्मचारीहरुलाई दुखको खबर छ । सरकारले  सरकारी कर्मचारीलाई पेन्सन दिने निर्णय केहि समयमै खारेज गर्ने तयारी गरिरहेको खुलासा भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले यस्तो तयारी गरेको बताएका छन् । 
‘विगत ५ वर्षको अवधिमा सेवा निवृत्त सुविधा खर्चमा १५६ प्रतिशतले वृद्धि भएको छ, यो प्रवृत्ति कायम रहने हो भने १० वर्षमा यस्तो खर्च ३ खर्ब नाघ्ने देखिन्छ,’ खतिवडाले शुक्रबार श्वेतपत्र जारी गर्दै भनेका छन् ।
यो वर्ष पेन्सनबापत ६२ अर्ब ४० करोड रुपैयाँ खर्च भएको र आगामी १० वर्षमा यसरी नै बढ्ने हो भने ३ खर्ब रुपैयाँले पेन्सन नाघ्ने भन्दै खतिवडाले अब देशले पेन्सन धान्न नसक्ने बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: