मालपोत कार्यालयबाट २ लाख घुससहित २ कर्मचारी पक्राउ

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले २ लाख रुपैयाँ घुस सहित मालपोत कार्यालय सुर्खेतका २ जना कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुसलिदै गर्दा केहि मिनट अघि मात्रै अख्तियारको टोलिले मालपोत कार्यालय परिसरबाटै दुई कर्मचारीहरुलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा मालपोत कार्यालय सुर्खेतमा कार्यरत खरिदारद्वय धर्मराज सुवेदी र ओमबहादुर सुनार रहेका छन् । गिरफ्तार पछि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित : Tuesday, April 10, 2018

recent

Popular Posts