यौन व्यवसाय गर्ने तीन महिला पक्राउ, लुकिछिपी यसरी गर्दा रहेछन् धन्दा

काठमाडौं - काठमाडौंका बिभिन्न ठाउँमा यौनधन्दाहरु चल्दै आएका रहस्यहरु बेलाबेलामा बाहिर आउने गरेका छन् । विशेषगरी पैसा कमाउनका लागि खाजा पसलदेखि तारे होटलसम्मका व्यवसायीहरुले यौनधन्दा चलाउदै आएका छन् ।

यस्ता अबैध यौन धन्दा चलाउनेहरु बेलाबखत प्रहरी खोरमा समेत पुग्दै आएका छन् । यसैबीच प्रहरीले तीन महिलालाई यौन व्यवसायी चलाएको आरोपमा काठमाडौंको गौशाला क्षेत्रबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत गौशालाले खतरनाक यौन व्यवसायी गर्ने तीन महिलालाई पक्राउ गरेर मद्धा चलाएको छ । पक्राउ पर्नेमा सिराहा जिल्लाकी ५४ वर्षीया गीता दाहाल, झापा जिल्लाकी ३६ वर्षीया रश्मी सिटौला र तनहुँ जिल्लाकी ३४ वर्षीया जुना पोखरेल रहेका छन् ।

सिटौला र दाहालले विजय चोकमा कोठा भाडामा लिएर यौन व्यवसायी सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । ठमेल क्षेत्रका मसाज सेन्टरमा हुने यौन व्यवसायलाई प्रहरीले नियन्त्रणमा लिएपछि यौनकर्मी र सञ्चालकले भाडामा कोठा लिएर यौनजन्य गतिविधि गर्दै आएका छन् ।

खासगरी सूचनाको आधारमा उनीहरुलाई बुझ्नका लागि गिरफ्तार गरिएपनि घर भाडामा लिएर नै यौन व्यवसायी सञ्चालनमा महिला नै सक्रिय देखेपछि प्रहरी छक्क परेको छ । दोषीलाई कानुनबमोजिम कारवाहीका लागि मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रकाशित : Sunday, April 15, 2018

recent

Popular Posts