×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डा बाबुराम भट्टराईले बडीगार्ड फिर्ता गर्दै, यस्तो छ भित्री कारण

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले उपलब्ध गराएका सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गरेका छन् । डा. भट्टराईले २०७५ बैशाख १ गतेदेखि सुुरक्षाकर्मीको टोली फिर्ता पठाउने निर्णय लिएको उनको सचिवालयले जनाएको छ ।
सरकारले अति विशिष्ट (भीभीआईपी) र विशिष्ट (भीआईपी) व्यक्तिहरुको सुरक्षा चुनौती विश्लेषण गरेर सुरक्षाकर्मीहरुको टोली खटाउने गर्दछ । यसरी सुरक्षाकर्मी खटाइँदा धेरै जनशक्ति दुरुपयोग भइरहेको डा. भट्टराईको ठहर छ ।
यसमा सुधारका लागि नियम पुनरावलोकन गर्न उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेरै आग्रह गरेका थिए । सोही आग्रह उनले विशिष्ट व्यक्तिहरुको सुरक्षा हेर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सेवा निर्देशनालयका प्रमुखलाईसमेत गरेको भट्टराईको सचिवालयले जनाएको छ ।
अब उनको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मात्र उनिसँगै रहनेछन । उनले पीएसओबाहेक रकारले उपलब्ध गराएका सबै सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गरिसकेको डा भट्टराईको सचिवालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: