×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बागलुङ र डोल्पाको दुर्गम क्षेत्रमा टेलिकमको सेवा विस्तार

काठमाडौं – नेपाल टेलिकमले बाग्लुङको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रिजी बीटीएस स्थापना गरी जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । माइक्रोवेभ प्रविधिमार्फत् जीएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो ।
ढोरपाटन नगरपालिका– ९ मा स्थापित बीटीएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा थ्रिजी सेवा सञ्चालनमा आएको छ । बाग्लुङ सदरमुकामदेखि १ सय २४ किलोमिटरको सडक दूरीमा र करिब ३ हजार २ सय मिटर उचाईमा यस स्थानबाटमा सेवा सुचारु गर्दा करिब ५ सय घरधुरीका बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटक लाभान्वित हुने नेपाल टेलिकमले जनाएको छ । बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको सुरक्षाको लागि समेत यो सेवाले सहयोग गर्ने कम्पनीको दाबी छ ।
त्यसैगरी डोल्पा जिल्लाको दुर्गम ग्रामीण क्षेत्र धोंमा टेलिकमले भीस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा उपलब्ध गराउन आरम्भ भएको छ । डोल्पा बुद्ध गाउँपालिका धाेंमा स्थापित बीटीएसबाट त्यस स्थानका करिब २ हजार बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटक कम्पनीले जनाएको छ । यो दुनै सदरमुकामदेखि करिब ३ दिनको पैदल दूरीमा अवस्थित छ ।
दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: