×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंक अफ काठमान्डूको खुद नाफा ४.९४% बढ्दा अन्य सूचकमा कस्तो छ प्रगति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बैंक अफ काठमान्डूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९३ करोड ५ लाख ७४ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको हो । गत वर्षको भन्दा यो नाफा ४.९४% धेरै हो । गत वर्ष बैंक अफ काठमान्डूले ८८ करोड ६७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
खुद ब्याज आम्दानी १ अर्ब ९३ करोड ७३ लाख ९८ हजार रुपैयाँबाट बढाएर २ अर्ब ६ करोड २७ लाख २० हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि १ अर्ब २४ करोडबाट १ अर्ब ३१ करोड ४ लाख ११ हजार रुपैयाँ पुर्याउन बैंक सफल भएको छ । चुक्ता पुँजी २५.६३% ले बढाएर ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ पुर्याएको यस बैंकको रिजर्भ कोषमा ४ अर्ब ४३ करोड ८० लाख रुपैयाँ छ ।
गत वर्ष बैंक अफ काठमान्डूको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ र रिजर्भ कोषमा ३ अर्ब ३ करोड ६७ लाख ६२ हजार रुपैयाँ थियो । बैंकले गत वर्षको कमाईबाट १३.२५% बोनस सेयर दिने निर्णय गरेको छ । बोनस प्रस्ताव साधारण सभाले अनुमोदन गर्न बाँकी छ । बैंक अफ काठमान्डूले एजीएम कहिले गर्ने भनेर निर्णय समेत गरेको छैन । बोनस सेयरलाई हिसाब गरेर चुक्ता पुँजी ७ अर्ब रुपैयाँ पुगेको देखाइएको हो । 
निक्षेप संकलन ७० अर्बबाट बढाएर ७३ अर्ब ९० करोड ३३ लाख ६७ हजार रुपैयाँ पुर्याएको यस बैंकले लगानी पनि बढाएको छ । गत वर्ष ६२ अर्ब रुपैयाँ लगानी गरेको बैंक अफ काठमान्डूले यो त्रैमाससम्म आइपुग्दा ६७ अर्ब २५ करोड २७ लाख ७३ हजार रुपैयाँ लगानी पुर्याएको छ । 
सम्भावित जोखिममा २८ करोड ३५ लाख २५ हजार रुपैयाँ छुट्याएको बैंकले १० करोड ३२ लाख ६६ हजार रुपैयाँ राईट ब्याक गरेको छ । खराब कर्जा थोरैले बढेर १.८२% पुगेको छ । गत वर्ष खराब कर्जा १.७६% मात्र थियो । कस्ट अफ फन्ड पनि ४.६८% बाट बढेर ८.०१% पुगेको छ । कर्जा निक्षेप अनुपात ७७.२४% छ । बैंक अफ काठमान्डूको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ७५ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: