×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाणिज्य बैंकहरुले विदेशबाट ऋण ल्याउन पाइने तर पुँजीबजारमा लगानी गर्न नपाइने

काठमाडौँ – विदेशबाट ल्याएको पैसा ऋण पुँजी बजार र रियल स्टेटजस्ता क्षेत्रमा बाणिज्य बैंकहरुले लगानी गर्न नपाउने भएका छन् । रियल स्टेटमा लगानी गर्न नपाइने स्पष्ट उल्लेख भएपनि सेयर बजारमा लगानी गर्न पाइने–नपाइनेबारे केही खुलाइएको छैन ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई विदेशबाट ऋण ल्याउन सक्ने बाटो खुला गर्दै त्यस्तो लगानी नेपाल भित्र्याएर रियलस्टेट क्षेत्रमा लगाउन नपाइने स्पष्ट पारेको छ । राष्ट्र बैंक अन्तर्गत विदेशी विनिमय विभागले सुचना जारी गर्दै सो कुरा स्पष्ट पारेको हो ।
लामो समयदेखि नै बैंकमा देखिएको लगानी योग्य रकमको अभाव सहज बनाउन विदेशी पुँजी भित्र्याउनु पर्ने बताउँदै आएका अर्थमन्त्री डा.युवराज खतिवडाले पनि श्वेतपत्र सार्वजनिकको दिन विदेशी पुँजी भित्र्याउन जोड दिएका थिए ।
वाणिज्य बैंकले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म विदेशी ऋण भित्र्याउन सक्ने विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाले बताए ।
बैंकहरुले विदेशबाट ल्याएको ऋण जलविद्युत उत्पादन, प्रसारण लाइन, सुरुङमार्ग, विमानस्थल, केवलकार, पुल र भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्न भनिएको छ ।
यस्तो ऋण भुक्तानी अवधि १ वर्ष देखि ५ वर्षसम्म तोकिएको छ तर राष्ट्र बैंकले स्विकृति प्रदान गरेको अवस्थामा नबीकरण गर्न भने पाइने ढुङ्गानाले बताए ।
यस्तो रकम विदेशबाट भित्र्याउँदा कुनै किसिमको धितो, जमानत र बैंक ग्यारेन्टी दिन पाइने छैन । तर, ऋण लिनका लागि राष्ट्र बैंकबाट भने स्विकृति लिनुपर्नेछ । वाणिज्य बैंकहरुले विदेशबाट ल्याएको ऋणलाई अन्तर बैंक कारोबारमा समेत प्रयोग गर्न पाउँने छैनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: