×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘एक्सन’मा उत्रिए उर्जामन्त्री पुन, अब यस्तो गरे लाइसेन्स खारेज

काठमाडौँ – उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले नेपाल विद्युत् प्राधिकरण र सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना निर्धारित मितिमै सम्पन गर्न एक्सन लिएका छन् ।
जलविद्युत आयोजना निर्माणमा ढिलाइ भइरहेको, लाइसेन्स ओगटेर बस्ने प्रवृत्ति बढ्दै गएको जस्ता गुनासा आइरहेका बेला उर्जामन्त्री पुुनले रसुवा जिल्लामा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट, १११ मेगावाट रसुवागढी र ४२ दशमलव तीन मेगावाटको तल्लो साञ्जेन र १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका हुन् ।
मन्त्री पुन, उर्जासचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सम्बन्धित आयोजनाका प्रमुखसहितलाई लिएर रसुुवा पुुगेका थिए । उर्जामा आत्मनिर्भर बनाउन र पेट्रोलियम पदार्थको आयात कम गर्दै जाने लक्ष्यका मन्त्रालयले निर्माणाधीन आयोजनालाई तोकिएको समयमा पूरा गर्न पहल थालेको सरकारी अधिकारीहरुले बताएका छन् ।
सरकारी टोलीका अनुसार माथिल्लो त्रिशूली थ्री ए आयोजनाको ७० प्रतिशतभन्दा बढी भौतिक निर्माण सम्पन्न भएको छ । आयोजनाका प्रमुख फणीन्द्रराज जोशीका अनुसार कूल ६० मेगावाट क्षमताको सो आयोजना प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजना हो ।
मन्त्री पुनले शुक्रबार नुवाकोटको बिदुर नगरपालिका वडा नंबर ६ मा नेपालकै सबैभन्दा ठूलो २५ मेगावाटको ग्रीड सोलार प्लान्टको शिल्यान्यास गरेका थिए। सोही दिन देवीघाट जलबिद्युत आयोजनाको निरीक्षण गरे ।
यसैगरी, मन्त्री पुनले रसुवाको स्याप्रुबेसीमा रहेको चिलिमे जलबिद्युत आयोजनाको समेत अवलोकन गरे । शनिवार नै उनले निर्माणाधीन१ सय ११ मेगावाट क्षमताको रसुवागढी जलबिद्युत आयोजना र साञ्जेन जलबिद्युत आयोजनाको निरिक्षण गर्दै समयमै काम सक्न आयोजनाका पदाधिकारी तथा ठेकेदार कम्पनीलाई निर्देशन दिए ।
पुनले १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलबिद्युत आयोजनाको निर्माणथलको पनि अवलोकन गरेका छन् । अनुुगमनका क्रममा मन्त्री पुनले करिव ३ करोड नेपालीलाई जलविद्युत आयोजनाको शेयर दिन नीतिगत व्यवस्था गरिन लागिएको जानकारी दिए ।
मन्त्री पुनले जलविद्युत आयोजनाको लाइसेन्स लिने तर, काम अगाडि नबढाउने प्रवृत्तिविरुद्ध सरकार कठोर भएर लाग्ने बताए । उनले जलविद्युत आयोजनाको पीपीए गरेर काम नगर्ने कम्पनीको लाइसेन्स खारेज गर्ने समेत चेतावनी दिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: