बेष्ट फाइनान्सको सेयर लिलामी आज अन्तिम दिन, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - बेष्ट फाइनान्सको १ लाख ८ हजार १४१ कित्ता सेयर लिलामी भर्न आइतबार अन्तिम दिन रहेको छ । आइतबार कार्यालय समय भित्रसम्ममा यो लिलामीमा आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले चैत १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताले समेत भर्न पाउने गरी संस्थापक समूहको १ लाख ६ हजार ९४० कित्ता र सर्वसासाधारण समूहको १ हजार २०१ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलामी भर्नुपर्नेछ । 

यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर जमलबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, ग्लोबल आइएमई बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि भर्न सकिनेछ । हाल बेस्टको चुक्ता पुँजी २८ करोड ६६ लाख ९९ हजार रुपैयाँ छ । लिलामीपछि चुक्ता पुँजी ३८ करोड ५४ लाख ८० हजार रुपैयाँ पुग्नेछ । 
प्रकाशित : Sunday, April 01, 2018

recent

Popular Posts