×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बुटवल पावरको जेष्ठ ८ मा एजीएम हुँदै, सभामा २०% नगद लाभांश पारित गर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेठ ८ गते बुटवल पावर कम्पनीको २५ औं वार्षिक साधारण सभा हुने भएको छ । सभामा कम्पनीले २०% नगद लाभांश दिने प्रस्ताव  पेश गर्दैछ । हालै बिक्री गरिएको एफपीओपछि कायम हुने पुँजीको २०% नगद लाभांश वितरण गर्न लागिएको हो । एफपीओ भर्ने लगानीकर्ताले पनि लाभांश पाउनेछन् । 
सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको प्रतिनिधित्व हुनेगरी नियम १६ (क, ख, ग) संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा लगिने भएको छ । सभा कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७३–७४ को वित्तीय विवरण र सञ्चालक समितिको प्रतिवेदनमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । 
आर्थिक वर्ष २०७४–७५ को लागी लेखापरीक्षक नियुक्ति गर्ने अर्को एजेन्डा पनि पेश हुँदैछ । साधारण सभा गर्नका लागि कम्पनीले वैशाख २७ देखि जेठ ८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । वैशाख २६ गतेसम्म कायम सेयरधनीले मात्र नगद लाभांश सुरक्षित गर्न सुक्नेछन् । 
त्यसअघि यस बुटवल पावरले ३ चिनियाँ कम्पनीसँगको संयुक्त लगानीमा ‘एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट कम्पनी’ स्थापना गरेको थियो । नेपालमा जलविद्युत विकास गर्ने उद्देश्यले १ अर्ब ९० करोड रुपैयाँ पुँजीको यो कम्पनी स्थापना भएको बुटवल पावरले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: