×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

करोडौं रुपैयाँ घुस लिएर यसरि ‘मिलाइन्छ’ ठेक्का, अध्ययनका नाममा राज्यको ढुकुटी स्वाहा ! (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- परामर्शदाता संघ नेपालले प्रधानमन्त्रीको कार्यालयमा खरिद ऐन र नियममा भएको नीतिगत भ्रष्टाचार गर्ने प्रावधान हटाउन आवश्यक सुझावसहितको पत्र पठाएको छ । संघले नेपालमा कसरी कहाँ कुन तरिकाले नीतिगत भ्रष्टाचार हुन्छ भन्ने जानकारी सहितको पत्र प्रधानमन्त्रीको कार्यालयमा पठाएको हो । संघले कुन नियमलाई टेकेर कहाँ कसरी भ्रष्टाचार गरिन्छ, थोरैको कामलाई धेरै रकममा कसरी मिलाइन्छ, ठुलो कामलाई कसरी टुक्रा पारिन्छ, र कसरी कमिसनको खेल चल्छ भन्ने विषयमा विस्तृत विवरण खुलाएर यस्तो पत्र लेखेको हो। 
पत्रमा नीतिगत रुपमै रहेका समस्याहरुलाई समेत औंल्याईएको छ । २० लाखभन्दा कामका कामहरुमा टेन्डर गर्नुनपर्ने नियम बनाएर कसरी कसले कहाँ भ्रष्टाचार गरिरहेको छ भन्ने पनि संघले स्पष्टसँग उल्लेख गरेको छ । काम गर्ने फर्महरुको सर्ट लिष्ट गर्दा कसरी भ्रष्टाचार हुन्छ र ठुला फर्महरुमा मात्र कसरी अरवौंको काम गइरहेको छ भन्ने समेत उक्त पत्रमा उल्लेख छ । 
साथै संघले नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको ध्यानाकर्षण गराउंदै अध्ययनका नाममा राज्यको ढुकुटी कसरी रित्तो पारिंदैछ भन्ने समेत उल्लेख गरेको छ । नेपालजस्तो बिकाशोन्मुख देशमा भ्रष्टाचारले कसरी जाडो गाडेको छ र त्यसलाई हटाउन के के नीतिगत सुधार गर्नुपर्छ भन्ने पनि संघको पत्रमा उल्लेख छ ।  
क्यान, नेपालमा रहेका इन्जिनियरिङ कन्सल्टेन्टहरुको संगठन हो ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: