सेञ्चुरी र आई.एम.ई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बिहिबार बैंकास्योरेन्सको सम्झौता भएको छ । 

सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौता पत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र आई.एम.ई लाइफ इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गर्नुभएको छ । 

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । अन्य जानकारीका लागि बैकको वेबसाइट www.centurybank.com.np तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
प्रकाशित : Thursday, April 26, 2018

recent

Popular Posts