सिटिजन्स बैंकद्वारा रकम वितरण

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हंगर लाइफको सहकार्यमा चैत ११–१८गतेसम्म नगद वितरण कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत कामका लागि नगद वितरण योजनाअन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो ।

धादिङ जिल्लाको झारलाङ र रिगाउँ गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरी बैंकले २ हजार ६५० परिवारलाई कुल ३ करोड ३१ लाख १४ हजार रुपैयाँ वितरण गरेको हो । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले व्यक्त गर्नुभएको छ।
प्रकाशित : Friday, April 06, 2018

recent

Popular Posts