×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्सद्वारा कुलेश्वर माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

सिटिजन्सद्वारा कुलेश्वर माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कुलेश्वर माध्यमिक विद्यालयलाई १ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ ।
एक कार्यक्रमबिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा १ लाख ५० हजारको चेक विद्यालयका प्राचार्य एस. के. नेपाललाई प्रदान गरिएको छ ।
विद्यालयका प्राचार्य एस .के .नेपालले उक्त रकम फर्निचर किन्नका निम्ति प्रयोग हुने कुरा जानकारी गराएका छन् । कार्यक्रमलाई सम्वोेधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु नितान्त आवश्यक रहेको कुरालाई जोड दिए ।
उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंकप्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्त गर्दै खुशियाली जाहेर गरेका थिए । उज्यालो भविष्यका निम्ति अहोरात्र खोजीमा रहेका बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तूत गरेका थिए ।
आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा हरेक वर्ष बैंकले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: