×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिलको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिभिल बैंकको संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन रहेको छ । बैंकले संस्थापक सेयर ३१ लाख २१ हजार ६००.२५ कित्ता सेयर लिलामीमा ल्याएको हो । आज कार्यालय समयभित्र इच्छुक व्यक्ति तथा संस्थाले बोलपत्र फारम बुझाइसक्नुपर्नेछ ।  न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ ।
बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । बोलपत्र बिहीबार (चैत २२ गते) सिभिल बैंक लिमिटेड कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिनेछ । हाल सिभिलको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ छ । लिलामीमा सेयर बिक्रीपछि भने चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: