×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिभिलको संस्थापक सेयर लिलामी भर्न केहि दिन बाकी, यहाँ जानुस् फारम भर्न

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिभिल बैंकको संस्थापक सेयर ३१ लाख २१ हजार ६००.२५ कित्ता लिलामी भर्न अब ३ दिन मात्र समय बाकी रहेको छ । चैत २१ गते कार्यालय समय भित्रमा लगानीकर्ताले बोलपत्र फारम बुझाइसक्नुपर्नेछ । चैत १४ गतेदेखि लिलामीमा ल्याइएको यो सेयरमा सर्वसाधारण लगानीकर्ताले र संस्थाले पनि आवेदन दिन पाउने छन् । 
 बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ । 
बोलपत्र चैत २२ गते सिभिल बैंक लिमिटेड कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिनेछ । हाल सिभिलको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ छ । अब चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: