एभरेष्ट बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं - एभरेष्ट बैंक र सगरमाथा इन्स्यारेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धारा सेवा प्रणालीमार्फत निर्जीवन वीमा सेवा उपलब्ध गराउने उदेश्यले मंगलबार एभरेष्ट बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता भएको हो ।

एभेरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका मुलुकभरका ५७ शाखा मार्फत एभरेष्ट बैंकका ग्राहकहरुले बैंकका ८० शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमालेख प्राप्त गर्न, वीमाशुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न सहज हुनेछ ।
प्रकाशित : Tuesday, April 03, 2018

recent

Popular Posts