×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नक्कली नागरिकता बनाएको कारणले गर्दा मोरङमा वडा सदस्य, पूर्व अध्यक्ष र सचिवसहित ८ जना पक्राउ

मोरङ – मोरङमा नक्कली नागरिकता लिने एक युवकसँगै वडा सदस्य, पूर्व अध्यक्ष, तत्कालीन वडा सचिव, सहित पक्राउ परेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिदेशमा रहेका ससुरा धनजीतलाई छलेर सासु मनकुमारीसँग मिलेर छोराको नागरिकता लिएका घरज्वाइँ मिलन परियार सहित ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ
पक्राउ पर्नेमा मिलन र मनकुमारीसँगै पोखरा महानगरपालिका वडा नम्बर १० का सदस्य सम्मरबहादुर श्रेष्ठ, पूर्ववडाध्यक्ष मनवीर गुरुङ, तत्कालीन वडा सचिव नवराज थापासहित ८ जना छन् ।
आफ्नै जेठी श्रीमती मनकुमारीको सहयोगमा ज्वाइँले नक्कली नागरिकता बनाएको भन्दै धनजीत उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । २०७० साल पुस १७ गते मीलनले झुठो विवरण बुझाएर नागरिकता बनाएको भन्दै उनले श्रीमती र मीलनविरुद्ध उजुरी दिएका थिए ।
लगतै मीलन र मनकुमारीलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले साक्षी बसेका वडा सदस्य सम्मबहादुर, पूर्व अध्यक्ष मनवीर, पूर्व वडा सचिव नवराजसहित गोमा तामाङ थापा, धनमाया गुरुङ, नीलम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
धनजीतका अनुसार मनकुमारी उनकी जेठी श्रीमती हुन् । आफू विदेशमा भएको बेला मनकुमारीले मिलनलाई घरज्वाइँ मात्र बनाएनन्, झुटा कागज बनाएर नागरिकता दिलाएका हुन् ।
मिलनले अंश माग गरेपछि यो रहस्य खुलेको बताईएको छ । प्रहरीले यस बारेमा थप अनुसन्धान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: