×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

फर्स्ट माइक्रोफाइनान्सको हकप्रद भर्ने आज अन्तिम मिति, यता जानुस् भर्न

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रद भर्ने शुक्रबार अन्तिम मौका हो । कम्पनीले फागुन १८ गतेदेखि २ः१ अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता सेयर बिक्री खुला गरेको हो । फर्स्टको हकप्रदमा माघ ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ पुग्नेछ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौं तथा फर्स्टमाइक्रोफाइनान्सको ज्ञानेश्वर, काठमाडौं, उर्लाबारी, मोरङ तथा भरतपुर, चितवनबाट पनि भर्न सकिनेछ । यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । हाल फर्स्टको चुक्ता पुँजी ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद सेयर जारी गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: