×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकले  बुधबारका दिन २ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नंं.  ५, स्यूना र  कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नंं.  १०, उत्तमचोकमा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । थप २ स्थानमा शाखा कार्यालय संचालनमा ल्याए संगै बैंकको शाखा कार्यालयहरुको संख्या १२२ पुगेको छ ।  
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२२ वटा शाखा, १२८  वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: