×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गोकर्ण विष्टले गरे यस्तो काम, चीनले नेपाली कामदार लैजाने !

काठमाडौँ  – श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चीनमा नेपालीहरुको लागि रोजगारीको अवसर खोज्न चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।
मंगलरबार साँझ नेपालका लागि चिनियाँ राजदू ‘यु होंग’सँगको भेटमा श्रम मन्त्री विष्टले तिव्र रुपमा औद्योगिकीकरण र विकास निर्माणमा अघि बढिरहेको चीनमा नेपाली श्रमिकका लागि विशेष क्षेत्रहरु उपलब्ध हुनसक्ने बताएका थिए ।
‘आइटी , इन्जिनिरिङ, मार्केटिङ, फाइनान्स र एकाउन्टिङ’ आदि जस्ता क्षेत्रमा नेपालीहरुको लागि रोजगारीको सम्भावना खोज्न मन्त्री विष्टले राजदूत होङसँग आग्रह गरेका थिए ।
चीनले नेपालमा विभिन्न सीपमूलक तालिम कार्यक्रम, ठूला परियोजनाहरुसम्म संचालन गरिरहेको छ । चीनको लगानी अबको दिनमा पनि उत्तिकै आवश्यक रहेको र विभिन्न तालिम केन्द्रसहित परियोजनाहरुको स्तर उन्नतीको लागि अझै चीनको सहयोग आवश्यक रहेको मन्त्री बिष्टले राजदूत होङलाई बताएका थिए ।
भेटमा राजदूत होङले भने नेपालमा कार्यरत चिनियाँहरुलाई सहज तरिकाले भिसा उपलब्ध गराउन मन्त्री बिष्टसंग अनुरोध गरेकी थिइन् । नेपालमा देखिएको राजनीतिक स्थायित्वसंगै लगानी नीति र औद्योगिक वातावरणमा क्रमश सुधार हुँदै गएकोले चिनियाँ लगानी बढ्ने आश्वासन उनले मन्त्री बिष्टलाई दिइन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: