ह्वातै बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५७ हजार ९ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ५८ हजार ४ सय मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९रुपैयाँ कायम गरेको छ ।
प्रकाशित : Wednesday, April 11, 2018
,

recent

Popular Posts