×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हिन्दूवादी नेता आचार्यमाथि गोली प्रहार, अबस्था चिन्ताजनक

विराटनगर – विराटनगरको जतुवामा गोली प्रहर भएको छ । गोली प्रहर अज्ञात समुहले गाईको संरक्षण गर्दै आएका हिन्दूवादी युवा अभियानकर्ता आचार्य श्रीनिवासमाथि गरेको छ ।

अज्ञात समुहले प्रहार गरेको गोली लाग्दा हिन्दूवादी युवा अभियानकर्ता आचार्य गम्भीर घाइते भएका छन् । प्राप्त जानकारी अनुसार आइतबार बिहान  १ बजेतिर  आएको अज्ञात समूहले उनि माथि गोली प्रहार गरेर फरार भएको स्थानीयबासिन्दाले जनाएका छ ।
जतुवा – १४ मा बस्दै आएका आचार्य श्रीनिवास बिहान सौच गर्न निश्किएका बेला उनलाई गोली हानिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका दुईजनाको समूहले तीन राउण्ड गोली प्रहार गर्दा एउटा गोली श्रीनिवासको छातीमा लागेको छ ।
जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद् भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको छ । उनको विराटनगरस्थित न्युरो अस्पतलामा उपचार भइरहेको छ ।
गोली प्रहार भएको स्थानमा हिन्दू धर्मका दलाहरू खबरदार लेखिएको पर्चा भेटिएको छ । केही दिनअघि रामनवमीको अवसरमा आचार्य श्रीनिवासलाई भेट्न पूर्वराजा विराटनगरमा रहेको राम मन्दिर गएका थिए ।
श्री निवासाचार्यलाई गोली प्रहार गर्ने समूहलाई पक्राउ गरेर तत्काल कारबाही गर्न हिन्दूवादी संघ संस्थाले माग गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: